
काठमाडौं ।
गुगल र एप्पलले आ–आफ्नो मोबाइल अपरेटिङ इकोसिस्टमहरू बीच स्विच गर्न पहिलेभन्दा सजिलो बनाउन सहकार्य गरिरहेको नयाँ रिपोर्टले उल्लेख गरेको छ। दुई कम्पनी बीचको सहकार्यको परिश्रमको पहिलो फल मंगलबार लाइभ भएको पछिल्लो एन्ड्रोइड क्यानरी बिल्डमा पाइने उल्लेख गरिएको छ।
हाल यो विकासकर्ताहरूको लागि मात्र भएको र सुधारिएको स्विचिङ्ग फङ्गसन्यालिटी एन्ड्रोइड बिटामा आउनको लागि केही समय लाग्ने बताइएको छ भने स्थिर संस्करणको बारेमा केही पनि उल्लेख नगरिएको र काम भइरहेको हुनाले अब आफ्नो आउने बाटोमा रहेको रिपोर्ट गरिएको छ।
एप्पलले आफ्नो तर्फबाट, भविष्यको आईओएस २६ रिलीजमा सुविधालाई समावेश गर्नेछ। नयाँ स्विच सुविधासँगै पहिलेभन्दा बढी डाटा प्रकारहरू एन्ड्रोइडबाट आईओएसमा स्थानान्तरण गर्न सकिने अपेक्षा गरिएको छ भने थप फङ्गसन्यालिटी पनि थपिनेछ।
अहिलेसम्म, आईओएसबाट एन्ड्रोइडमा सार्नको लागि एन्ड्रोइड स्विच एप र एन्ड्रोइडबाट आईओएसमा जान मुभ टु आईओएस एप प्रयोग गरिँदै आइएको थियो। तर यो नयाँ फङ्गसन्यालिटी दुबै अपरेटिङ सिस्टमहरूमा बेक गरिने भएकाले चीजहरूलाई धेरै सहज बनाउनेछ भने छिट्टै लन्च हुने आशा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ मंसिर २०८२, बुधबार