मोटोरोला एज ७० डिसेम्बर १५ मा भारतमा डेब्यू हुँदै

  • Technology Khabar | २४ मंसिर २०८२, बुधबार
मोटोरोला एज ७० डिसेम्बर १५ मा भारतमा डेब्यू हुँदै

काठमाडौं ।

गत हप्ता, मोटोरोलाले एज ७० भारतमा लन्च गरिने बारेमा जानकारी प्रदान गरेको कम्पनीले अब आधिकारिक मिति पुष्टि गरेको छ।

मोटोरोला एज ७० डिसेम्बर १५ मा भारतमा अनावरण गरिनेछ र सोही दिन फ्लिपकार्ट, मोटोरोला अनलाइन स्टोर र अन्य खुद्रा विक्रेताहरू मार्फत खरिदको लागि उपलब्ध हुनेछ।

मोटोरोलाको आगामी फोन स्न्यापड्रागन ७ जेन ४ एसओसीद्वारा संचालित हुनेछ भने डिभाइसमा ५० मेगापिक्सेल सेल्फी युनिटको साथमा डुअल ५० मेगापिक्सेलको रियर क्यामरा प्रदान गरिने भएको छ। साथै फोनको मापन ५.९९ एमएम पातलो हुने बताइएको छ।

भारतीय भेरियन्टको धेरैजसो स्पेसिफिकेशनहरू विश्वव्यापी मोडेलसँग मिल्दोजुल्दो भए पनि, भारतीय भेरियन्टमा ६८वाट वायर्ड र १५वाट वायरलेस चार्जिङ समर्थनको साथ ठूलो ५,०००एमएएच सिलिकन–कार्बन ब्याट्री प्रदान गरिने छ। एज ७० को मूल्य भारतमा लगभग ३५,००० रुपैयाँ (३९० अमेरिकी डलर) हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...