Technology Khabar २३ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
नेपालकै उदीयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले नेपाल प्रिमियर लिग ९एनपीएल० २०२५ को अवसरमा “पारस दाईको मौकामा चौका” अभियान ल्याएको छ। यस अफर मार्फत उच्चगतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।
कम्पनीका अनुसार यस विशेष अभियान अन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि स्शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्। यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्छन्।
बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना निस्शुल्क नोकिया ५ गिगाहर्ज डुअल ब्याण्ड राउटर पनि प्राप्त गर्नेछन् जसले अझ राम्रो गति, बलियो कभरेज तथा स्थिर इन्टरनेट सेवा सुनिश्चित गर्दछ। यो सुविधा ११,७५० ९भ्याट सहित० मा उपलब्ध रहेको छ। वाई-फाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फिचर गर्दै फ्यानहरूका बीच एनपीएलको उत्साहलाई अझ बढाइरहेको कम्पनीले जनाएको छ।
यस विशेष अफर मार्फत वाई-फाई नेपालले देशभरका घरपरि वारहरूलाई उच्च(गति को इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ।
‘यो अफर एनपीएल २०२५ को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही विशेष प्रदान गर्ने हाम्रो प्रयास हो। २०० एमबीपीएस इन्टरनेट, नि स्शुल्क डुअल ब्याण्ड राउटर र एक वर्षको बोनस सेवासहित हामी सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र किफायती बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं’, कम्पने जनाएको छ।”
“पारस दाईको मौकामा चौका” अफर मंसि र २९, २०८२ सम्म लागू हुनेछ र यसमा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन्।
प्रकाशित: २३ मंसिर २०८२, मंगलवार