जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी

  • Technology Khabar | २३ मंसिर २०८२, मंगलवार
जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी

काठमाडौं ।

इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।

एएफपी समाचार एजेन्सीले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ। अहिलेसम्म पुरुष र १५ जना महिला गरी २० जना पीडितलाई उद्धार गरिएको छ।

भवनमा लागेको आगो द्रुत गतिमा फैलिएपछि सबै १८ जना पीडितहरू भवनभित्र फसेर मृत फेला परेका जाइएको छ। गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको थियो। सहरका अग्नि नियन्त्रक टोलीहरूले विषेश निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाइएको छ।

उद्धारकर्मीहरूले आगलागीपछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यमबाट उद्धार गरेको र आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको बताइएको छ। थप पीडितहरू अझै पनि भवन भित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन्।

अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी राखेको जनाइएको छ। आगलागी हुँदा भवन भित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन्।-रासस

 

प्रकाशित: २३ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार