नेटफ्लिक्स र वार्नर ब्रदर्सबीचको सम्झौताको समीक्षामा संलग्न हुने अमेरिकी राष्ट्रपतिको संकेत

  • Technology Khabar | २३ मंसिर २०८२, मंगलवार
नेटफ्लिक्स र वार्नर ब्रदर्सबीचको सम्झौताको समीक्षामा संलग्न हुने अमेरिकी राष्ट्रपतिको संकेत
फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफूले नेटफ्लिक्स र वार्नर ब्रदर्सबीच प्रस्तावित विलय अघि बढ्ने-नबढ्ने बारेमा भूमिका खेल्ने बताएका छन्। उनले पत्रकारहरुलाई बताए अनुसार दुवै कम्पनीको संयुक्त बजार हिस्सा चिन्ताको विषय हुन सक्छ।

ट्रम्पले वार्षिक अवार्ड शोका लागि केनेडी सेन्टर पुग्दा पत्रकारहरुलाई भनेका थिए, “यो निर्णयमा म संलग्न हुनेछु।”

रोयटर्सका अनुसार नेटफ्लिक्सले शुक्रबार ७२ अर्ब डलरमा वार्नर ब्रोज डिस्कभरीको टिभी, फिल्म स्टुडियो र स्ट्रिमिङ्ग विभाग किन्न सहमति गरेको छ, जसले हलिउडको महत्वपूर्ण सम्पत्तिमध्ये एकको नियन्त्रण स्ट्रिमिङ्ग कम्पनीलाई दिनेछ। ट्रम्पले यो सम्झौता स्वीकृत हुनुपर्ने-नपर्ने स्पष्ट नगरेपनि मनोरञ्जन उद्योगमा शक्ति एकै ठाउँमा केन्द्रित हुनसक्ने धारणा व्यक्त गरे।

ट्रम्पले भने, “यो त अर्थशास्त्रीहरूले भन्नुपर्ने कुरा हो… तर यो ठूलो बजार हिस्सा हो। कुनै शंका छैन, यसले समस्या निम्त्याउन सक्छ।”

प्रकाशित: २३ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...