इन्टेलले चाँडै नै एप्पलको लागि चिप्स बनाउने, आईफोनहरू पनि समावेश

  • Technology Khabar | २२ मंसिर २०८२, सोमबार
इन्टेलले चाँडै नै एप्पलको लागि चिप्स बनाउने, आईफोनहरू पनि समावेश

काठमाडौं ।

पहिले आफ्नो ल्यापटप र डेस्कटपहरूमा इन्टेल चिप्स प्रयोग गर्ने गरेको एप्पलले इन–हाउस डिजाइन गरिएको एम–सिरिज चिप्स आएपछि इन्टेलको चिप्सहरू प्रयोग गर्न बन्द गरेको थियो। एप्पल इन्टेलसँग नयाँ सम्झौतामा पुग्ने संघारमा रहेको नयाँ हल्लाहरु सुन्नमा आएका छन्।

इन्टेलले एप्पलको लागि चिप्स मात्र बनाउने र डिजाइन चरणमा भने कुनै संलग्नगता नहुने उल्लेख गरिएको छ। एप्पल चिप निर्माणको लागि टीएसएमसीमा पूर्ण रूपमा निर्भर हुन नचाहेको हुनाले एप्पलले अब फेरी इन्टेल चयन गरेको बताइएको छ।

जीएफ सेक्युरिटीज विश्लेषक जेफ पुले उनी र उनका सहकर्मीहरूले अब २०२८ देखि कम्तिमा केही नन्–प्रो आईफोन ए–सिरिज चिप्स आपूर्ति गर्न इन्टेल र एप्पल बीच सम्झौता हुने अपेक्षा गरेको बताएका छन्। इन्टेलले एप्पलको थोरै प्रतिशत मात्र चिप्स बनाउने र टीएसएमसी मुख्य आपूर्तिकर्ता रहने बताइएको छ।

गत महिना, मिङ–ची कुओले इन्टेलले २०२७ को मध्यतिर म्याक र आईप्याडका लागि एप्पलको सबैभन्दा लो–इण्ड एम–सिरिज चिप्स बनाउन सुरु गर्ने बताएका थिए। एम–सिरिज चिप्सको लागि, एप्पलले “उत्तरी अमेरिकामा निर्मित सबैभन्दा प्रारम्भिक उपलब्ध सब–२एनएम उन्नत नोड” मानिने गरिएको इन्टेलको १८ए प्रोसेस प्रयोग गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...