Technology Khabar २१ मंसिर २०८२, आईतवार
काठमाडौं ।
सामसङले नेपालमा नयाँ ट्याब ए११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिशको आकर्षक संयोजन रहेको छ।
अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेट समर्थनले ट्याब ए११ प्लसलाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउँछ।
नयाँ ट्याब ए११ प्लसमा सिल्भर र ग्रे कलर विकल्पसहितको स्लीक मेटल डिजाइन छ। ११-इन्चको इमर्सिभ डिस्प्लेले मनोरञ्जन, अनलाइन अध्ययन र उत्पादकतामा स्मूथ स्क्रोलिंग तथा उत्कृष्ट भिजुअल अनुभव दिने कम्पनीको दावी छ।
डल्बी एट्मस सहितका क्वाड स्पिकरहरूले चलचित्र, क्लास वा संगीत—जुनसुकै प्रयोगमा—समृद्ध र सन्तुलित ध्वनि प्रदान गर्छन्।
४ एनएम मिडियाटेक एमटी८७७५ प्रोसेसरले यस ट्याबलेटलाई स्ट्रीमिङ, मल्टिटास्किङ र लर्निङ एप्सका लागि द्रुत र प्रतिक्रियाशील प्रदर्शन दिन सहयोग गर्छ। अनुकूलित चिपसेटले द्रुत एप-स्विचिङ, स्मूथ एनिमेशन र दिनभर सन्तुलित पावर उपयोग सुनिश्चित गर्छ।
ग्यालेक्सी ट्याब ए११ प्लस ले मुख्य एआई सुविधाहरू व्यापक प्रयोगकर्तासम्म पुर्याएको छ जसमा समावेश छन्:
• गुगल जेमिनी – दैनिक कामका लागि स्मार्ट संवादात्मक र भिजुअल एआई सहायता
• सर्कल टु सर्च विथ गुगल – स्क्रिनमा देखिने सामग्रीलाई चिन्ह लगाएर तुरुन्त उत्तर प्राप्त गर्ने सुविधा
• रियल-टाइम टेक्स्ट अनुवाद – लेख, पोस्ट र अनलाइन कन्टेन्टको तत्काल अनुवाद
• सामसङ नोट्समा गणित समाधान – हस्तलेखन वा टाइप गरिएको गणितीय समस्याको चरणबद्ध समाधान
यी फिचरहरूले ट्याब ए११ प्लस लाई विद्यार्थी, क्रिएटर र परिवारका लागि सिकाइ, सिर्जना र दैनन्दिन काममा भरपर्दो साथी बनाउँछन्।
ए-सिरिजमा ठूलो अपग्रेडका रूपमा ट्याब ए११ प्लसले सात जेनेरेशनसम्म वन यूआई अपग्रेड र सात वर्षका सुरक्षा अपडेट समर्थन गर्छ। यसले भविष्यमैत्री छनोटको रूपमा उपकरणलाई दीर्घकालीन रूपमा सुरक्षित, अद्यावधिक र विश्वसनीय बनाइदिन्छ।
सामसङ नेपालको एमएक्स बिजनेसका निर्देशक प्रणयरत्न स्थापीत भन्छन्, “ग्यालेक्सी ट्याब ए११ प्लस मार्फत हामी नेपालमा प्रिमियम उत्पादकता र एआई–आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्याउन चाहन्छौं। लामो सफ्टवेयर र सुरक्षा प्रतिवद्धताले ग्राहकलाई दीर्घकालीन मूल्य प्रदान गर्छ। यो ट्याबलेट सिकाइ, सिर्जना र परिवारकै दैनन्दिन उपयोगिताका लागि उत्कृष्ट रूपमा डिजाइन गरिएको उपकरण हो।”
उपभोक्तालाई अझ सहज पहुँच दिन सामसुङले नेपालको प्रमुख वित्तीय संस्थासँग सहकार्य गर्दै इन्स्टा फाइनान्स—द्रुत, शून्य-व्याज किस्ताबन्दीसुविधा—प्रस्तुत गरेको छ। यसले देशभरका प्रयोगकर्तालाई ट्याब ए११ प्लस सजिलै र किफायती रूपमा अपग्रेड गर्न सहयोग गर्छ।
सामसङ ग्यालेक्सी ट्याब ए११ प्लस अब देशभरका अधिकृत सामसङ स्टोर र रिटेल पार्टनरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
• फाइभजी भेरियन्ट (८जीबी/२५६जीबी) — रु. ४७,९९९
• वाई-फाई भेरियन्ट (६जीबी/१२८जीबी) — रु. ३४,९९९
दुवै भेरियन्टले शक्तिशाली एआई क्षमता, स्मूथ प्रदर्शन, इमर्सिभ मनोरञ्जन र दीर्घकालीन सफ्टवेयर समर्थन प्रदान गर्दै उत्कृष्ट मूल्य–अनुभव सुनिश्चित गर्छन्।
प्रकाशित: २१ मंसिर २०८२, आईतवार