Technology Khabar २१ मंसिर २०८२, आईतवार
काठमाडौं ।
युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि पेट्रोल तथा डिजेलका नयाँ गाडी बिक्रीमा रोक लगाउने युरोपेली सङ्घ (इयु) को योजना सहज बनाउने प्रयासमा छन् । उनीहरूले वर्षअन्त्यसम्म यसबारे निर्णय होस् भनेर दबाब बढाइरहेका छन्।
युरोपेली आयोगले यो लक्ष्यको पुनरावलोकन डिसेम्बर १० मा गर्नेछ। तर सदस्य राष्ट्रहरू र उद्योग क्षेत्रबीचको फरक–फरक मागका कारण निर्णय ढिलिन सक्ने देखिन्छ। सन् २०२३ मा तय गरिएको यो लक्ष्यले सन् २०३५ पछि सबै नयाँ गाडीलाई विद्युतीय बनाउने उद्देश्य राखेको थियो, जुन सन् २०५० भित्र इयुको ‘ग्रीन डिल’ को महत्वपूर्ण हिस्सा हो।
तर दुई वर्षपछि,‘व्यावहारिकता’ का नाममा यो मिति पुनर्विचार गर्नुपर्ने आवाज बढ्दै गएको छ। अटो निर्माताहरूले लक्ष्य धेरै कठोर भएको बताएका छन्।
यसैबीच, चिनियाँ कम्पनीहरूले युरोपेली सङ्घमा विद्युतीय गाडीको आपूर्ति बढाएपछि युरोपेली उद्योगले प्रतिस्पर्धाको ठूलो दबाब महसुस गरेको छ। यसले कारखाना बन्द हुने र रोजगारी व्यापक रूपमा गुम्ने जोखिम बढाएको छ।-रासस
प्रकाशित: २१ मंसिर २०८२, आईतवार