तेस्रो त्रैमासिकमा सबैभन्दा धेरै फोल्डेबल स्मार्टफोन ढुवानी गर्दै सामसङले रेकर्ड तोड्न सफल

  • Technology Khabar | १९ मंसिर २०८२, शुक्रबार
तेस्रो त्रैमासिकमा सबैभन्दा धेरै फोल्डेबल स्मार्टफोन ढुवानी गर्दै सामसङले रेकर्ड तोड्न सफल

काठमाडौं ।

सन् २०२५ को तेस्रो त्रैमासिकमा फोल्डेबल स्मार्टफोनको विश्वव्यापी ढुवानी १४ प्रतिशतले बढेर त्रैमासिक स्तरमा रेकर्ड कायम गरेको छ र त्रैमासिकको लागि सबै ढुवानीको अनुमानित ६४ प्रतिशत हिस्साको साथ सामसङ निर्विवाद रुपमा नेतृत्व कायम गर्न सफल भएको छ।

काउन्टरपोइन्ट रिसर्चको पछिल्लो रिपोर्टले सामसङको ग्यालेक्सी जेड फोल्ड ७ का साथै जेड फ्लिप ७ सबैभन्दा धेरै बिक्री भएको अनुमान गरेको छ र कोरियाली ब्रान्डलाई आफ्नो नेतृत्व विस्तार गर्न मद्दत गरेको छ। सामसङको तेस्रो त्रैमासिक प्रदर्शनले गत वर्षको सोही अवधिको तुलनामा विश्वव्यापी फोल्डेबल ढुवानीमा ३२ प्रतिशत वृद्धिलाई प्रतिनिधित्व गरेको छ।

ह्वावेले अनुमानित १५ प्रतिशत बजार हिस्साको साथ सूचीमा दोस्रो स्थान हासिल गरेको छ भने मोटोरोला (७ प्रतिशत) र अनर (६ प्रतिशत) सहित शीर्ष चारमा आफ्नो स्थान पक्का गर्न सफल भएका छन्। त्यसपछि भिभो (४ प्रतिशत) र शाओमी (२ प्रतिशत) ले बाँकी दुई स्थानहरू ओगट्न सफल भएका छन्।

फोल्डेबलहरूले अब सबै विश्वव्यापी स्मार्टफोन ढुवानीको २.५ प्रतिशत ओगटेको र पुस्तक–शैली फोल्डेबलहरूको बढ्दो मागले नेतृत्व गरेको उल्लेख गरिएको छ।

आगामी दिनहरुमा, २०२६ मा विशेष गरी लामो समयदेखि चर्चामा रहेको आईफोन फोल्डको साथ एप्पलको अपेक्षित प्रवेशको साथ फोल्डेबल स्मार्टफोन बजार अझ बढी विस्तार हुने अपेक्षा गरिएको रिपोर्ट गरेको छ।

प्रकाशित: १९ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...