Technology Khabar १८ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
मोटोरोलाको अन्तिम पटक आफ्नो फ्ल्यागशिप स्मार्टफोनको रुपमा २०२४ मा एज ५० अल्ट्रा प्रस्तुत गरेको थियो। साथै कम्पनीले एज ५० अल्ट्रा पछिको एज ६० अल्ट्रा भने प्रस्तुत गरेको थिएन र अब नयाँ लीक अनुसार कम्पनीले चाँडै एज ७० अल्ट्रा लन्च गर्ने भएको छ।
एज ७० अल्ट्रा हालै अनावरण गरिएको स्न्यापड्रागन ८ जेन ५ एसओसीद्वारा संचालित हुने अफवाह गरिएको छ। साथै एज ७० अल्ट्राको पछाडिङ्गो भाग दुई रङ्गगीन तरिकामा चित्रण गरिएको एउटा तस्बिर लीक भएको छ।
डिभाइसमा नयाँ एआई की र पछाडि तीनओटा क्यामराहरू हुनेछन्। विगतका अफवाहहरू अनुसार, डिभाइसले १६जीबी र्याम र “१.५के” रिजोल्युसन भएको ओएलईडी स्क्रिन समावेश गर्नेछ। साथ डिभाइसले अवश्य पनि एन्ड्रोइड १६ चलाउने उल्लेख गरिएको छ।
अहिले डिभाइको बारेमा धेरै जानकारी उपलब्ध नभएको पनि आगामी दिन र हप्ताहरूमा थप विवरणहरू बाहिरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ मंसिर २०८२, बिहीबार