
काठमाडौं ।
मेटाले १६ वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुनुभन्दा अगाडि १३–१५ वर्ष उमेरका अस्ट्रेलियाली किशोरकिशोरीहरूको खाताहरू बन्द गर्न सुरु गरेको छ।
डिसेम्बर १० देखि लागू हुने नयाँ कानूनसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई टेक्स्ट म्यासेज, इमेल र इन–एप नोटिफिकेसन मार्फत सूचित गरेको बताइएको छ।
त्यसैगरी, १६ वर्ष मुनिका बालबालिकाहरूले इन्स्टाग्राम, फेसबुक र थ्रेडहरूमा नयाँ खाताहरू सिर्जना गर्न नसक्ने उल्लेख गरिएको छ।
प्रभावित प्रयोगकर्ताहरूलाई उनीहरूको खाताहरू बन्द हुनुभन्दा अघि पोस्ट र सन्देशहरू डाउनलोड गर्न भनिएको छ भने १६ वर्ष भन्दा माथिको दाबी गर्नेहरूलाई भिडियो सेल्फी वा आईडी मार्फत प्रमाणित गर्न सकिने बताइएको छ।
अधिकारीहरूले उचित उपायहरू लिन असफल हुने प्लेटफर्महरूको लागि ५ करोड अस्ट्रेलियाली डलरसम्म जरिवानाको चेतावनी दिइरहेका छन्। सरकारले यसलाई “बालबालिकाहरूलाई बच्चाहरू नै रहन दिने” कदमको रुपमा वर्णन गरेका छ। मेटाले कानूनको विरोध गरे पनि नियमहरूको सम्मान गर्ने बताएको उल्लेख गरिएको छ।
त्यसैगरी, रोब्लोक्स जस्ता प्लेटफर्महरूले अस्ट्रेलियामा नाबालिगहरूको सुरक्षाको लागि नयाँ प्रतिबन्धहरू लागू गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ मंसिर २०८२, बिहीबार