ओप्पो ए६× फोरजी र फाइभजी १२० हर्ज स्क्रिन र ६,५००एमएएच ब्याट्रीको साथ सार्वजनिक

Technology Khabar १८ मंसिर २०८२, बिहीबार

काठमाडौं ।

ओप्पोले आफ्नो ए६ सिरिजमा ओप्पो ए६× नामक नयाँ सदस्य थप गरेको छ। ओप्पो ए६× फोरजी र फाइभजी संस्करणहरूमा आउने उल्लेख गरिएको छ।

ओप्पो ए६× को फोरजी र फाइभजी मोडेलहरू बीचको सबैभन्दा उल्लेखनीय भिन्नता भनेको चिपसेट रहेको छ। फोरजी संस्करण (सीपीएच२८१९) स्न्यापड्रागन ६८५ एसओसी द्वारा सञ्चालित हुन्छ भने फाइभजी संस्करण (सीपीएच२८२३) मा डाइमेन्सिटी ६३०० एसओसी समावेश गरिएको छ।

ओप्पो ए६× को फोरजी र फाइभजीको बाँकी स्पेसिफिकेशनहरू भने उस्तै रहेका छन्। दुबै मोडेलहरू कलरओएस १५ चलाउने र ६.७५ इन्च एचडी+ १२०हर्ज एलसीडीसँग १,१२५ निट्स ब्राइटनेस (एचबीएम) र ग्लोभटच समर्थन सहित आउने बताइएको छ। तिनीहरूमा १३ मेगापिक्सेलको प्राथमिक क्यामरा, ५ मेगापिक्सेलको सेल्फी क्यामरा र ५ वाटको रिभर्स वायर्ड चार्जिङ्ग समर्थनको साथ ६,५०० एमएएच ब्याट्री समावेश गरिएको छ।

ओप्पो ए६× को फाइभजी मोडेलले ४५ वाट चार्जिङ्ग समर्थन गर्दछ र फोरजी संस्करणमा कुनै द्रुत चार्जिङ्ग समर्थन नभएको उल्लेख गरिएको छ। त्यसैगरी, ओप्पोले डिभाइसको पछाडि मोनोक्रोम क्यामराको साथ ए६× फोरजी सूचीबद्ध गरेको भए तापनि ए६× फाइभजीको दोस्रो रियर क्यामराको बारेमा कुनै विवरण साझा गरेको छैन।

ओप्पो ए६× को फोरजी र फाइभजी मोडेलका अन्य मुख्य विशेषताहरूमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, यूएसबी–सी, ३.५एमएम हेडफोन ज्याक र आईपी६४ रेटिङ समावेश छन्।

ओप्पो ए६× फोरजी आइस ब्लू र प्लम पर्पल रङ्गहरूका साथै ४जीबी/६४जीबी, ४जीबी/१२८जीबी र ६जीबी/२५६जीबी सहित तीनओटा मेमोरी विकल्पहरूमा उपलब्ध हुनेछ। डिभाइसको आधार मोडेल मलेशियामा ओप्पोको आधिकारिक वेबसाइट मार्फत ३९९ मूल्यमा मलेशियन रिङ्गिटमा खरिदको लागि उपलब्ध रहेको छ।

ओप्पो ए६× फाइभजी आइस ब्लू र ओलिभ ग्रीन रङहरूमा उपलब्ध हुनेछ र भारतमा ओप्पोको आधिकारिक वेबसाइट, अमेजन डट इन, फ्लिपकार्ट र मुख्यलाइन रिटेल आउटलेटहरू मार्फत खरिदको लागि उपलब्ध हुने बताइएको छ।

ए६× फाइभजी ४जीबी/६४जीबी, ४जीबी/१२८जीबी र ६जीबी/१२८जीबी गरी तीनओटा मेमोरी कन्फिगरेसनमा आउने उल्लेख गरिएको छ। ए६× फाइभजीको ४जीबी/६४जीबी संस्करणको मूल्य १२,४९९ भारतीय रुपैयाँ रहेको छ भने ४जीबी/१२८जीबी संस्करणको मूल्य १३,४९९ भारतीय रुपैयाँ र ६जीबी/१२८जीबी संस्करणको मूल्य १४,९९९ भारतीय रुपैयाँ कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया