Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
स्पोटिफाई र आफ्ना सबै प्रतिस्पर्धीहरूको पाइला पछ्याउँदै यूट्युब वार्षिक रिक्याप खेलमा प्रवेश गर्दैछ। गुगलको स्वामित्वमा रहेको सेवाले उत्तर अमेरिकाका प्रयोगकर्ताहरूबाट सुरु गर्दै भर्खरै यूट्युब रिक्याप रोल आउटको घोषणा गरेको छ र हप्ताको अन्त्यसम्ममा विश्वभर पुग्ने बताइएको छ।
एक पटक प्रयोगकर्ताले आफ्नो रिक्याप प्राप्त गरेपछि यो यूट्युब होमपेज वा यु ट्याब अन्तर्गत पहुँचयोग्य हुनेछ। रिक्यापले “वर्षभर प्रयोगकर्ताले अन्वेषण गरेको रुचिहरू, डीप डाइभ्स र क्षणहरूलाई अद्वितीय रूपमा हाइलाइट गर्दछ“ भनि युट्युबले बताएको छ। साथै यो सबै २०२५ मा प्रयोगकर्ताको वाच हिस्ट्रिमा आधारित हुने उल्लेख गरिएको छ।
रिक्यापले प्रयोगकतालाई १२ फरक कार्डहरू देखाउने बताइएको छ र उनीहरुको टप च्यानलहरू, रुचिहरू, तिनीहरुको हेर्ने बानीहरूको आधारका साथै “उनीहरुले हेर्न मन पराएको भिडियोहरूको आधारमा कुन व्यक्तित्व प्रकारमा पर्छन्” भन्ने पक्षलाई पनि हाइलाइट गर्नेछ।
यदि यूट्युबमा धेरै संगीत सुन्ने गरिएको छ भने यूट्युब म्युजिक एपमा शीर्ष विधाहरू, पोडकास्टहरू र “तपाईंको अन्तर्राष्ट्रिय संगीत सुन्ने स्न्यापसट” को विकल्पको साथ रिक्यापको भागको रूपमा आफ्ना शीर्ष कलाकारहरू र गीतहरू देखिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ मंसिर २०८२, बुधबार