Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउने आयोजकले जनाएको छ।
‘डोमिनार डे इज अनस एण्ड योर अपग्रेड स्टार्ट्स नाउ’ भन्ने सन्देशसहित सञ्चालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले अल्फा सीएस१ आर्मर्ड राइडिङ ज्याकेट र एमटी हेलमेट जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन्। साथै, “नागरिकताको भरमा किस्ताबन्दी सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ। पुराना बाईकको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि एनपीएल टिकट जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन्।
साथै सहभागीहरूले स्पोन्सर्ड वीकएण्डर राइड जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा डोमिनारका प्रचार सामग्री पनि प्राप्त गर्न सक्नेछन्। आफ्नो डोमिनार भए पनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने कम्पनीको विश्वास छ। सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन्।
सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन्। यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ।
प्रकाशित: १७ मंसिर २०८२, बुधबार