एप्पलले असफल सिङ्गल्स डे सेललाई यसरी सफलतामा परिणत गर्यो

  • Technology Khabar | १५ मंसिर २०८२, सोमबार
एप्पलले असफल सिङ्गल्स डे सेललाई यसरी सफलतामा परिणत गर्यो

काठमाडौं ।

एप्पलले चीनको सिङ्गल्स डे शपिङ फेस्टिभलमा आफ्नो बिक्रीमा वृद्धि दखेको छ। नोभेम्बर ११ मा समाप्त भएको एक महिनाको प्रोमो अवधिमा एप्पलको आईफोन सिरिजले स्मार्टफोन बिक्रीको २६ प्रतिशत हिस्सा ओगटेको उल्लेख गरिएको छ।

काउन्टरपोइन्टको तथ्याङ्क अनुसार, आईफोन १७ सिरिजको संख्या हटाउँदा सिङ्गल्स डे फेस्टिभलमा वार्षिक रुपमा ५ प्रतिशत गिरावट आएको उल्लेख गरिएको छ। डाटा फर्म सिन्टुनको तथ्याङ्क अनुसार, २०२५ को सिङ्गल्स डे प्लेटफर्महरूमा जम्मा १.७० ट्रिलियन चिनियाँ युआन (२४० बिलियन अमेरिकी डलर, २०८ बिलियन यूरो) पुगेको र यो २०२४ मा १.४४ ट्रिलियन चिनियाँ युआन भएको उल्लेख गरिएको छ।

यद्यपि, यो वर्ष चिनियाँ ग्राहकहरूमा सम्पत्ति संकट र आय सुरक्षा चिन्ताका कारण घट्दो उपभोक्ता चासोले सिङ्गल्स डे फेस्टिभल बिक्रीलाई खतरामा पारेको रिपोर्ट गरिएको छ।

शाओमीले आफ्नो शाओमी १७ सिरिज लन्चको कारणले गर्दा स्मार्टफोन बिक्रीमा १७ प्रतिशतको साथ दोस्रो ठूलो हिस्सा ओगट्न सफल भएको छ। गत हप्ता भर्खरै आफ्नो मेट ८० सिरिज अनावरण गरेको ह्वावेको भने २०२४ मा १७ प्रतिशतको गिरावटको तुलनामा २०२५ मा १३ प्रतिशतमा झरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...