प्लेस्टेशन ५ ले वर्षको अन्त्यमा पाँचओटा बहुप्रतिक्षित खेलहरू प्रस्तुत गर्दै

  • Technology Khabar | १४ मंसिर २०८२, आईतवार
प्लेस्टेशन ५ ले वर्षको अन्त्यमा पाँचओटा बहुप्रतिक्षित खेलहरू प्रस्तुत गर्दै

काठमाडौं ।

सोनी कन्सोलमा चाँडै आउँदै गरेका खेलहरूको साथ प्लेस्टेशन ५ का खेलाडीहरूसँग खुसी हुने कम्तिमा पाँचओटा ठूला कारणहरू रहेको बताइएको छ।

पीएस५ ले सन् २०२५ मा रिलिज भएका केही उत्कृष्ट नयाँ खेलहरू प्राप्त गरेको हुनाले सन् २०२५ सोनीको पछिल्लो कन्सोलको लागि सफल वर्ष भएको सावित भएको छ।

सन् २०२६ पीएस ५ को लागि अझ ठूलो वर्ष हुने अनुमान छ। सन् २०२६ “ग्रान्ड थेफ्ट अटो ६” र जाडोमा रिलिज हुने विशेष खेल “वोल्भरिन” को आगमन हुने उल्लेख छ। साथै गेमरहरूले निकट भविष्यमा अझै थप खेलहरू प्राप्त गर्न सक्ने छन।

सन् २०२५ को डिसेम्बरमा पीएस५ को लागि कम्तिमा पाँच लोकप्रिय खेलहरू आउने भएका छन्।

“मार्भल कस्मिक इन्भेजन” डिसेम्बर १ मा, “रेड डेड रिडेम्पशन” डिसेम्बर २ मा, “अक्टोपाथ ट्राभलर ०” डिसेम्बर ४ मा आइपुग्ने बताइएको छ भने एक्सबक्सद्वारा जारी “माइक्रोसफ्ट फ्लाइट सिम्युलेटर २०२४” का साथै “स्केट स्टोरी” डिसेम्बर ८ मा उपलब्ध हुने टेलीग्राफले लेखेको छ।

प्रकाशित: १४ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...