
काठमाडौं ।
कम्पनीको पहिलो ट्राई–फोल्ड स्मार्टफोन, सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड अर्को महिना कोरियामा डेब्यू गर्ने हल्ला छ। फोनको मूल्य भारी हुने अपेक्षा गरिएको छ र नयाँ रिपोर्टले फोन पहिलेको हल्ला भन्दा सस्तो हुन सक्छ भन्ने सुझाव दिएको छ।
कोरियाली रिपोर्टर युक्स११२२ का अनुसार, ग्यालेक्सी जेड ट्राइफोल्डको आफ्नै देशमा मूल्य लगभग ३.६ मिलियन वन (२,४४७ अमेरिकी डलर) हुनेछ। डिभाइसको उक्त मूल्य अझै महँगो भए तापनि पहिलेको हल्ला गरिएको मूल्य ट्याग भन्दा सस्तो भएको उल्लेख गरिएको छ।
अघिल्ला अफवाहहरूले ग्यालेक्सी जेड ट्राइफोल्डको मूल्य लगभग ४ मिलियन वन (२,७२० अमेरिकी डलर) हुने दाबी गरेका थिए।
रिपोर्टरले फोल्डेबल फोन सामसङ मार्फत सिधै खरिदको लागि उपलब्ध हुनेछ भने एकल रङ्ग र स्टोरेज भेरियन्टमा बिक्रि गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ मंसिर २०८२, आईतवार