अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

  • Technology Khabar | १२ मंसिर २०८२, शुक्रबार
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल सहकारी संस्था लिमिटेड राजविराजले सप्तरी जिल्ला अदालतलाई बुधबार कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अदालतलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरिएको हो।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अदालतमा तोडफोड, लुटपाट र आगजनी भएपछि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतको अभावमा अदालतको दैनिक कामकाज सञ्चालन गर्न समस्या भइरहेका बेला उपलब्ध गराइएको कम्प्युटर र प्रिन्टरले काममा सहयोग पुग्ने उद्देश्यले सानै भए पनि सहयोग गरेको सहकारीसँग आबद्ध रन्धिर कर्णले बताए।

यो सानै सहयोग भए पनि अदालतको डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो र सहज ढङ्गले न्यायिक सेवा उपलब्ध गराउन सहयोग मिल्ने विश्वास लिएको अदालतका स्रेस्तेदार श्यामहरि अधिकारीले बताए। संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै सार्वजनिक हितमा पुऱ्याएको यस सहयोगका लागि उहाँले संस्थालाई धन्यवाद दिए।

आजको गोरखापत्रबाट

प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १२ मंसिर २०८२, शुक्रबार