Technology Khabar १२ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
सोनीले नयाँ लिटिया ९०१ सेन्सर आधिकारिक रुपमा अनावरण गरेको छ। सोनीको लामो समयदेखि २०० मेगापिक्सेल स्मार्टफोन क्यामरा खेलमा प्रतिक्षा गरिएको लिटिया ९०१ सेन्सरको साथ अन्ततः प्रवेश गरेको छ। नयाँ लिटिया ९०१ सेन्सर सामसङको २०० मेगापिक्सेल प्रस्तावहरूसँग प्रतिस्पर्धा गर्नेछ।
सोनीको १/१.१२” प्रकारको सेन्सर १४.२८७ एमएम डायगोनल रहेको छ। सोनीको नयाँ लिटिया ९०१ सेन्सरलाई ४× इन–सेन्सर जुमको साथ पनि “हाई–डेफिनिशन ईमेज क्वालिटी” प्राप्त गर्न बिल गरिएको छ। सेन्सरको पिक्सेल आकार ०.७ माइक्रोमिटर रहेको छ। सेन्सरले क्वाड–क्वाड बायर कोडिङ (क्यूक्यूबीसी) एरे प्रयोग गर्दछ र ४×४ एडजसेण्ट पिक्सेलहरू एउटै रङ्गका फिल्टरहरूसँग क्लस्टर गरिएको छ। १६ पिक्सेलका सिग्नलहरू १२.५ मेगापिक्सेलमा सिङ्गल युनिटको रूपमा प्रोसेसिङ्ग गरिने बताइएको छ।
इन–सेन्सर जुमको साथ, रिमोसेसिङले क्लस्टर्ड पिक्सेलहरूलाई सामान्य एरेमा फर्काउने बताइएको छ। सेन्सर भित्र माउण्टेड गरिएको विशेष प्रोसेसिङ्ग सर्किटद्वारा एआई–बृद्धि गरिएको र उद्योगमा पहिलो भएको बताइएको छ। सोनीले “मसिनो ढाँचा र अक्षरहरू जस्ता विवरणहरूको उत्कृष्ट पुनरुत्पादन” , साथै “फोरके मा ४× जुमको साथ शूटिङ्ग गर्दा उच्च–गति प्रोसेसिङ्ग र ३०एफपीएस सम्म उच्च–गुणस्तरको भिडियो क्याप्चर’ गर्ने दाबी गरेको छ।
डीसीजी–एचडीआर र फाइन१२बिट एडीसी प्रविधिको साथ सम्पूर्ण जुम रेञ्जमा ४× सम्म उच्च डायनामिक रेञ्ज र टोनल एक्सप्रेसनहरू पनि प्राप्त गरिनेछ भने फाइन१२बिट एडीसीले परम्परागत १० बिटबाट १२ सम्म क्वान्टाइजेसन बिट डेफ्थ सुधार गर्ने बताइएको छ। साथै हाइब्रिड फ्रेम एचडीआर (एचएफ–एचडीआर) को साथ, क्यूक्यूबीसी मोडमा १००डेसिबल भन्दा बढी उच्च डायनामिक रेञ्ज पर्फर्मेन्स प्राप्त गरिने बताइएको छ। “मानव आँखाले वास्तवमा देखेको कुरासँग मिल्दोजुल्दो” तस्बिरहरूको लागि उज्यालो क्षेत्रहरूमा उल्लेखनीय रूपमा दबाइएको हाइलाइट ब्लोआउटहरूका साथै अँध्यारो क्षेत्रहरूमा ब्ल्याकआउटहरूको अपेक्षा गर्न सकिने उल्लेख गरिएको छ।
सेन्सरले ८के३०एफपीएस र फोरके१२०एफपीएसमा भिडियो क्याप्चरलाई समर्थन गर्दछ भने १२.५ मेगापिक्सेलमा ६०एफपीएस बस्र्ट शूटिङ्ग, ५० मेगापिक्सेलमा ३०एफपीएस र २०० मेगापिक्सेलमा १०एफपीएसलाई समर्थन गर्दछ। विगतका अफवाहहरू अनुसार, लिटिया ९०१ लाई ओप्पोले फाइण्ड एक्स९ अल्ट्राको लागि र भिभोले एक्स३०० अल्ट्राको लागि अपनाउने बताइएको छ र अन्य निर्माताहरूले पनि सोनीको सेन्सरलाई प्रयोग गर्ने कुरा निश्चित भएको उल्लेख गरिएको छ। सोनीले नयाँ लिटिया ९०१ सेन्सर यही महिनादेखि डिभाइस निर्माताहरूलाई ढुवानी गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार