वाई–फाई ७ आउँदै: तर के प्रयोगकर्ताले अपेक्षा गरे अनुसारकै सुविधा पाउलान् त?

  • Technology Khabar | १२ मंसिर २०८२, शुक्रबार
वाई–फाई ७ आउँदै: तर के प्रयोगकर्ताले अपेक्षा गरे अनुसारकै सुविधा पाउलान् त?
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

वाई–फाई ७ का ब्रान्डेड राउटरहरूको पछिल्लो लहरले शेल्फ (दराज) हरू भरिरहेको छ र इन्टरनेट गतिको लागि वाई–फाई ७ लाई अर्को स्तरको रूपमा प्रचार गरिएको छ।

टेलिग्राफका अनुसार वाई–फाई ७ गियर किन्नको लागि अहिले अविश्वसनीय बनाउने किसिमका गम्भीर अवरोधहरू रहेको हुनाले वास्तविकता धेरै जटिल रहेको छ।

वाई–फाई ७ ले सैद्धान्तिक रुपमा ४६ जीबीपीएसको अधिकतम गति प्रदान गर्दछ जुन क्षमता भविष्यको प्रविधि जस्तो लाग्न सक्छ। तर वाई–फाईको गति प्रविधिले मात्र नभई अन्य धेरै कुराले निर्धारण गर्छ।

तपाईंसँग बजारमा उपलब्ध सबैभन्दा महँगो राउटर छ भने पनि इन्टरनेटको गति तपाईंले तिर्नुहुने प्याकेजमा निर्भर गर्दछ। सेवा प्रदायकहरूले वाई–फाई ७ स्ट्याण्डर्डको क्षमताहरू प्रयोग गर्न सक्ने प्रसारण प्रदान गर्दैनन्।

अर्को बाधा भनेको कम्प्याटिबिलिटी (अनुकूलता) रहेको छ। २०२४ को उत्तरार्द्ध पहिले निर्मित डिभाइसहरूले सामान्यतया वाई–फाई ७ लाई समर्थन गर्दैनन् र राउटर अपग्रेड गर्नाले पुरानो फोन वा ल्यापटपले नयाँ स्ट्याण्डर्ड अनुसार काम गर्दैनन्।

२०२५ भरि कम्प्याटिबिलिटी डिभाइस (उपयुक्त उपकरणहरू) को संख्यामा वृद्धि भएको भए तापनि धेरैजसोले अझै पनि पुरानो संस्करणहरू प्रयोग गरिरहेका टेलिग्राफले उल्लेख गरेको छ।

त्यसैगरी बजारमा वाई–फाई ७ को किफायती बक्सहरू देखा पर्न थालेका छन् तर तिनीहरूलाई तुरुन्तै अयोग्य बनाउने त्यहाँ एउटा प्रमुख विवरण रहेको बताइएको छ जसमा सस्तो मोडेलहरूले ६गिगाहर्ज ब्यान्डलाई समर्थन गर्दैनन्।

६गिगाहर्जको अतिरिक्त मल्टि लिङ्क अपरेशन सुविधाले डिभाइसलाई छिटो र अधिक स्थिर जडानको लागि एकै साथ धेरै फ्रिक्वेन्सीहरू प्रयोग गर्न सक्ने भनेर उल्लेख गरे पनि वास्तवमा यो सुविधा पनि उपलब्ध नभएको वा हराइरहेको रिपोर्टमा उल्लेख छ।

६गिगाहर्ज च्यानल बिना कुनै अपग्रेड गरिएको ३२०मेगाहर्ज फ्रिक्वेन्सीहरू  छैन र वाई–फाई ७ स्ट्याण्डर्डका धेरै प्रमुख फाइदाहरू कम लागत विकल्पहरूको रूपमा विज्ञापन गरिएका राउटरहरूमा उपलब्ध हुने छैनन्।

्ररिपोर्ट अनुसार यस्ता मोडेलहरूले प्राविधिक रूपमा वाई–फाई ७ नाम मात्र बोक्छन् र व्यवहारमा  भने प्रयोगकर्ताहरूले अपेक्षा गरेको लगभग केही पनि सुविधा दिँदैनन्।

वाई–फाई ७ ले राम्रो फ्रिक्वेन्सी, अझ प्रभावकारी सिग्नल घनत्व र स्मार्ट डाटा वितरण प्रदान गर्ने उल्लेख गरिएको छ। नयाँ स्ट्याण्डर्ड वास्तवमै भविष्यको घरायसी नेटवर्कहरूको जगको रूपमा सेवा गर्न डिजाइन गरिएको हो।

साथै सुरक्षामा पनि सुधारहरू गरिएको छ र भविष्यका पुस्ताका उपकरणहरूको लागि महत्त्वपूर्ण हुनेछ।

हालको अवस्थाले स्पष्ट तस्वीर देखाएको छ। ४६जीबीपीएसको सैद्धान्तिक अधिकतम गतिलाई समर्थन गर्न सक्ने कुनै व्यापक इन्टरनेट पूर्वाधार छैन। साथै हालका वर्षहरूमा निर्मित धेरैजसो उपकरणहरू उपयुक्त छैनन्।

सस्तो राउटरहरूमा ६गिगाहर्ज ब्यान्ड नहुने भएकाले सबैभन्दा महत्त्वपूर्ण कामहरू गुम्नेछन्। यी कारणहरूले गर्दा, वाई–फाई ७ हाल एक प्राविधिक रूपमा उन्नत स्टयाण्डर्ड भएको र व्यावहारिक रूपमा कम्तिमा औसत प्रयोगकर्ताको लागि वाचा गरेको कुरा प्रदान गर्न नसक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार