
काठमाडौं ।
क्वालकमले आफ्नो नयाँ ८–सिरिज चिपसेटअन्तर्गत फ्ल्यागशिप–चिपको रूपमा स्न्यापड्रागन ८ जेन ५ अनावरण गरेको छ। तर यो नयाँ चिपसेट स्न्यापड्रागन ८ एलिट जेन ५ फ्ल्यागशिप एसओसी भन्दा एक तह तलको भएको बताइएको छ। नयाँ स्न्यापड्रागन ८ जेन ५ ले कम सुरुवाती मूल्य भएका डिभाइसहरूमा एलिट मोडेलको फ्ल्यागशिप–स्तरको अनुभव प्रदान गर्ने बताइएको छ।
८ एलिट जेन ५ जस्तै, ८ जेन ५ पनि ३एनएम प्रक्रियामा बनाइएको र क्वालकमको तेस्रो–जेन ओरियन सीपीयू रहेको बताइएको छ भने २× प्राइम कोर ३.८ गिगाहर्जमा क्लक गरिनुका साथै ६× पर्फर्मेन्स कोर ३.३२ गिगाहर्जमा चलिरहेको उल्लेख गरिएको छ।
परफर्मेन्सको हिसाबले, क्वालकमले वास्तवमा स्न्यापड्रागन ८ जेन ५ लाई दुई वर्ष पुरानो स्न्यापड्रागन ८ जेन ३ चिपसँग तुलना गरिरहेको छ। चिपको सीपीयू कार्यहरूमा ३६ प्रतिशत सुधार, ११ प्रतिशत राम्रो जीपीयू आउटपुट साथै एआई कार्यहरूमा ४६ प्रहितशत सुधार र १३ प्रतिशत समग्र एसओसी पावर बचतको वाचा गरिएको छ।
एसडी ८ जेन ५ मा एड्रेनो हाई–परफर्मेन्स मेमोरी (एचपीएम) बिना ८ जेन एलिट ५ मा जस्तै फ्रेम मोशन इन्जिन ३.० सहितको एड्रेनो ८४० जीपीयू रहेको छ।
नयाँ चिपमा क्वालकमको हेक्सागन एनपीयू पनि रहेको र एसडी ८ जेन ३ को तुलनामा एआई कार्यहरूमा ४६ प्रतिशत सुधार प्रदान गर्ने बताइएको छ भने अन–डिभाइस एआई र मल्टि–मोडल इनपुटको लागि समर्थन पनि रहेको छ। ८ जेन ५ ले क्वालकमको स्पेक्ट्रा आईएसपी र एक्स८० फाईभजी मोडेम–आरएफ प्रणाली समावेश गरेको बताइएको छ। साथै गत वर्षको स्न्यापड्रागन ८ एलिटमा यही मोडेम प्रयोग गरिएको बताइएको छ।
वानप्लस एस ६टी/१५आरमा एसडी ८ जेन ५ बजारमा ल्याउने वानप्लस पहिलो कम्पनी हुनेछ। आईक्यूओओ, मोटोरोला, र भिभो जस्ता अन्य ओईएमहरूले पनि चाँडै नयाँ चिप भएका फोनहरू घोषणा गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार