Technology Khabar १२ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
अनर वाच एक्स५ चीनमा अनर ५०० सिरिजसँगै अनावरण गरिएको छ। अनरको नयाँ स्मार्टवाचले ठूलो एएमओएलईडी डिस्प्ले, जीपीएस र १२० भन्दा बढी स्पोर्ट मोडहरू प्रदान गर्ने जीएसएमएरिनाले जनाएको छ।
अनरको नयाँ स्मार्टवाचमा ३९० × ४५० पिक्सेल रिजोल्युसन, २.५डी कभ्र्ड ग्लास र ६० हर्ज रिफ्रेस रेट भएको १.९७ इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। स्मार्टवाचको तौल स्ट्र्याप बिना २९ ग्राम रहेको छ भने आईपी६८ + ५एटीएम रेट गरिएको छ।
स्मार्टवाचको केस एल्युमिनियम अलोयबाट बनेको छ भने पछाडि प्लास्टिक प्रयोग गरिएको छ। केसमा रहेको रोटेटिङ (घुम्ने) क्राउन भएको सिङ्गल बटन नेभिगेसनको लागि प्रयोग गर्न सकिने छ।
अनरको वाच एक्स५ गतिविधि ट्र्याकिङको लागि मुटुको दर सेन्सर (पीपीजी) सहित विभिन्न सेन्सरहरूसँग आउने छ। स्मार्टवाचले १२० स्पोट्र्स मोडहरू, स्लीप ट्र्याकिङ, महिला स्वास्थ्य ट्र्याकिङलाई समर्थन गर्दछ भने बिल्ट–इन जीपीएससँग आउनेछ।
कनेक्टिभिटीको लागि, वाच एक्स५ ले ब्लुटुथ ५.३ र एनएफसी प्रदान गर्दछ। स्मार्टवाचमा चार्जिङको लागि चुम्बकीय पोर्ट उपलब्ध रहेको छ। स्मार्टवाचले एओडी मोड, ब्लुटुथ कलिङ, रिमोट क्यामरा शटर फङ्गसन्यालिटी र डु नट डिस्टर्ब मोड प्रदान गर्दछ।
ब्याट्री लाइफको हिसाबले, अनरले वाच एक्स५ सामान्य प्रयोगमा १४ दिनसम्म र एओडी सक्षम पारिएको अवस्थामा ५ दिनसम्म टिक्न सक्ने दाबी गरेको छ। स्मार्टवाचमा माइक्रोफोन र स्पिकर पनि उपलब्ध रहेको छ।
अनरको वाच एक्स५ स्मार्टवाचले एन्ड्रोइड (९.० वा सोभन्दा माथिको) र आईओएस (१३ वा सोभन्दा माथिको) दुवै डिभाइसहरूसँग काम गर्ने बताइएको छ। साथै वाच एक्स५ कालो वा सेतो सिलिकन स्ट्र्यापको साथ उपलब्ध हुने छ।
अनर वाच एक्स५ आधिकारिक अनर चाइना अनलाइन स्टोर मार्फत ४९९ चिनियाँ युआन (७० अमेरिकी डलर) को मूल्यमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार