
काठमाडौं ।
ह्वावेले आफ्नो पछिल्लो फोल्डेबल मेट एक्स७ प्रस्तुत गरेको छ। मेट एक्स७ ले आफ्नो पूर्ववर्ती भन्दा केही उल्लेखनीय अपग्रेडहरू जस्तै अपडेट गरिएको ईपी५८ र ईपी५९ इन्ग्रेस सुरक्षा, ह्वावेको पछिल्लो किरिन ९०३० प्रो चिपसेट, नयाँ टेलिफोटो क्यामरा र थोरै ठूलो ब्याट्री समावेश गरेको छ।
मेट एक्स६ लाई पहिले नै पातलो र हलुका डिभाइसको रुपमा प्रस्तुत गरेको ह्वावेले एक्स७ मा केही आकार घटाउन सफल भएको बताइएको छ। एक्स७ फोल्ड गरिएको अवस्थामा ९.५एमएम र अनफोल्ड (खुला) गर्दा ४.५एमएम मापन गर्दछ भने अफ्नो पूर्ववर्ती भन्दा ४ ग्राम हल्का तौलको साथ २३५ ग्राम तौल भएको बताइएको छ। साथै डिभाइसले बलियो एल्युमिनियम फ्रेम कायम राखेको बताइएको छ।
ईपी५८ र ईपी५९ रेटिङ रहेको मेट एक्स७ धुलो र पानीको छिटाहरूबाट सुरक्षित हुनुका साथै क्लोज–रेञ्ज हाई–प्रेसर पानी जेटहरू विरुद्ध पानी प्रतिरोधी भएको बताइएको छ।
मेट एक्स७ ले २०.४ः९ एसपेक्ट रेसियो भएको ६.४९ इन्चको कभर स्क्रिन र ८ः७.३ एसपेक्ट रेसियो भएको ८ इन्चको मुख्य स्क्रिनसहित थोरै ठूला डिस्प्लेहरू प्राप्त गरेको छ। दुवै स्क्रिनहरु १–१२०हर्ज भेरिएबल रिफ्रेस रेट र १,४४०हर्ज हाई–फ्रिक्वेन्सी पीडब्ल्यूएम डिमिङ भएका एलटीपीओ ओएलईडी हरू हुन्।
क्यामराको सन्दर्भमा, गत वर्षको जस्तै ५० मेगापिक्सेलको मुख्य क्यामरा आरवाईबीबी सेन्सर, १०–स्टप फिजिकल भेरिएबल एपर्चर (एफ/१.४–४.०) र ओआईएस सहित प्राप्त गरिने बताइएको छ। टेलिफोटो सेन्सर अब ५० मेगापिक्सेलको सेन्सरमा अपडेट गरिएको र फराकिलो एफ/२.२ एपर्चर र ३.५× अप्टिकल जुम समावेश गरिएको बताइएको छ।
पछाडिको तेस्रो शूटर ४० मेगापिक्सेलको अल्ट्रावाइड भएको बताइएको छ। साथै फोनको एउटा कभर स्क्रिनमा र अर्को भित्री स्क्रिनमागरी दुईओटा ८ मेगापिक्सेलको सेल्फी क्यामराहरू पनि प्राप्त गरिने उल्लेख गरिएको छ।
भर्खरै घोषणा गरिएको मेट ८० प्रो र मेट ८० प्रो म्याक्स जस्तै मेट एक्स७ ह्वावेको टप–अफ–द–लाइन किरिन ९०३० प्रो चिपसेटले सुसज्जित छ। चिपसेटको विस्तृत स्पेसिफिकेशनहरू अझै उपलब्ध नभए पनि नयाँ एसओसीमा २.७५गिगाहर्जमा प्राइम कोर, २.२७गिगाहर्जमा ४× पर्फर्मेन्स कोर र १.७२गिगाहर्जमा ४× इफिसियन्सी कोर सहितको नौ–कोर एआरएमभी८ आर्किटेक्चर रहेको बताइएको छ। त्यो १२/१६ जीबी र्याम र १ टीबी सम्मको स्टोरेजसँग जोडिएको उल्लेख गरिएको छ।
मेट एक्स७ मा ५,६०० एमएएच क्षमता भएको डुअल–सेल सिलिकन कार्बाइड ब्याट्री रहेको छ। ब्याट्री ले ६६ वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङलाई समर्थन गर्दछ। यो डिभाइसले चीनमा हार्मोनीओएस ६ लाई आउट अफ द बक्स बुट गर्नेछ र स्याटेलाइट कनेक्टिभिटी पनि सुविधा दिने उल्लेख गरिएको छ।
ह्वावे मेट एक्स७ कालो, सेतो, बैजनी र रातो रङ्गहरूमा आउने बताइएको छ। बेसलाइन १२२५६जीबी ट्रिमको मूल्य १२,९९९ चिनियाँ युआन (१,८३० अमेरिकी डलर) कायम गरिएको छ भने १२/५१२जीबी संस्करणको मूल्य १३,९९९ चिनियाँ युआन (१,९७० अमेरिकी डलर) हुने उल्लेख गरिएको छ।
त्यसैगरी १६/५१२जीबी कलेक्टर संस्करणको मूल्य १४,९९९ चिनियाँ युआन (२,१११ अमेरिकी डलर) हुनेछ भने शीर्ष २०जीबी/१टीबी संस्करणको मूल्य १७,९९९चिनियाँ युआन (२,५३४ अमेरिकी डलर) पर्ने बताइएको छ। साथै चीनमा ह्वावेको पछिल्लो फोल्डेबल मेट एक्स७ को खुला बिक्री डिसेम्बर ५ देखि हुने तालिका रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार