Technology Khabar ११ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
ह्वाट्सएपले आफ्नो सेवा सर्तहरूमा आगामी परिवर्तनहरूको घोषणा गरेको छ। ह्वाट्सएपको सेवा सर्तहरूमा गरिने आगामी परिवर्तनहरूले प्रयोगकर्ताहरूलाई गैर–मेटा एआई च्याटबटहरू प्रयोग गर्न निषेध गर्ने भएको छ। यसको अर्थ अब कुनै पनि तेस्रो–पक्ष च्याटबटलाई मेसेजिङ एप भित्र अनुमति दिइने छैन। यो परिवर्तन जनवरी १५, २०२६ मा लागू हुनेछ भने त्यसपछि व्हाट्सएप बिजनेस प्रयोगकर्ताहरूले मेसेजिङ एप भित्र च्याटजीपीटी, कोपाइलट र अन्य कुनै पनि गैर–मेटा एआई च्याटबट प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ।
ओपनएआईले पहिलो पटक गत महिना व्हाट्सएपबाट आफ्नो प्रस्थानको घोषणा गरेकको थियो भने माइक्रोसफ्टले यस हप्ताको सुरुमा व्हाट्सएप भित्र कोपाइलट उपलब्ध हुने छैन भनेर पुष्टि गरेको थियो। व्हाट्सएपमा ग्राहकहरूलाई सेवा दिन एआई बटहरू प्रयोग गर्ने व्यवसायहरूको लागि उपलब्ध एउटा सानो अपवाद भने अझै पनि कायम रहने बताइएको छ। व्हाट्सएपमा च्याटजीपीटी प्रयोगकर्ताहरूले आफ्नो व्हाट्सएप च्याट इतिहास माइग्रेट गर्न सक्षम हुनेछन् भने कोपाइलट प्रयोगकर्ताहरूले त्यसो गर्न सक्षम हुनेछैनन् भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ११ मंसिर २०८२, बिहीबार