स्टार्टअप उद्यम कर्जा माग गर्ने दोब्बर बढे

Technology Khabar ११ मंसिर २०८२, बिहीबार

स्टार्टअप उद्यम कर्जा माग गर्ने दोब्बर बढे
फाइल/एआई तस्बिर

काठमाडौं ।

स्टार्टअप उद्यम कर्जामा उद्यमीको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०६२/६३ को स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्योगीको आवेदन परेको औद्योगिक व्यवसाय प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप उद्यम कर्जामा आकर्षण बढ्दै गएकाले गत वर्षभन्दा दोब्बर सङ्ख्यामा परियोजनाको प्रस्ताव परेको जानकारी दिए।

“यस वर्ष बजेट कम भएकाले चार सय देखि ५५० उद्यमीलाई कर्जा उपलब्ध गराउने लक्ष्य राखिएको छ” उहाँले भन्नुभयो । “छनोटमा परेका उद्यमीले बिनाधितो तीन प्रतिशत ब्याजमा पाँच लाखदेखि २० लाख रुपियाँसम्म कर्जा उपलब्ध गराइने छ।

प्रतिष्ठानमै आएर दुई हजार ४१ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएको र अनलाइनमार्फत आठ हजार २०३ जनाले प्रस्ताव दर्ता गराएको उनले जानकारी दिए।

सरकारले चालु आवका लागि स्टार्टअप कर्जा दिन ७३ करोड रुपियाँ बजेट छुट्याएको छ। विनियोजित बजेटबाट प्रशासनिक खर्चका लागि तीन प्रतिशत कटाएर बाँकी रकम कर्जा प्रवाह गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपियाँसम्म कर्जा वितरण गर्दै आएको थियो । यस पटक कार्यविधि संशोधन गरेर कर्जाको सीमा २० लाख रुपियाँसम्म झारेको छ।

प्रतिष्ठानले गत आव २०५१/५२ मा छ सय जना उद्यमीलाई ५ करोड ६६ लाख २५ हजार रुपैयाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो। स्टार्टअपम
प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: ११ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया