ह्वावे फ्रिबड्स प्रो ५ टीडब्ल्यूएस एएनसीको साथ आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar | ११ मंसिर २०८२, बिहीबार
ह्वावे फ्रिबड्स प्रो ५ टीडब्ल्यूएस एएनसीको साथ आधिकारिक रूपमा उपलब्ध

काठमाडौं ।

ह्वावेले हालै मेट ८० सिरिज, मेट एक्स७ फोल्डेबल र मेटप्याड एज ट्याब्लेट सहित नयाँ उत्पादनहरूको विस्तृत लाइनअप अनावरण गरेको छ। कम्पनीले यी लन्चहरूसँगै आफ्नो नवीनतम टीडब्ल्यूएसए इयरबड्स ‘फ्रिबड्स प्रो ५’ पनि प्रस्तुत गरेको छ।

ह्वावे फ्रिबड्स प्रो ५ प्रिमियम टीडब्ल्यूएसए इयरबड्सको जोडीमा सुधारिएको एएनसी र राम्रो अडियो गुणस्तरको साथ आउएको बताइएको छ। फ्रिबड्स प्रो ५ मा नयाँ कस्टम किरिन ए३ चिप र डुअल ड्राइभरहरू समावेश गरिएका छन्।

प्रत्येक इयरबडमा माइक्रो–प्लानर ट्वीटरसँग जोडिएको अल्ट्रा–लाइनर डुअल–म्याग्नेटिक ब्यास ड्राइभर रहेको छ। नियरलिङ्क ई२.० टेक्नोलोजी र कस्टम किरिन ए३ चिपसेटको साथ इयरफोनहरूले ४.६एमबीपीएस सम्मको हानिरहित अडियो स्ट्रिमिङलाई समर्थन गर्ने बताइएको छ।

फ्रिबड्स प्रो ५ एएसी, एसबीसी, एलडीसी र एल२एचसी सहित धेरै अडियो कोडेकहरूसँग उपयुक्त हुने बताइएको छ। फ्रिबड्स प्रो ५ इन–इयर, स्टिम–स्टाइल डिजाइनको साथ र सिलिकन इयरटिप्ससँग आउने बताइएको छ। त्यसैगरी चार्जिङ केसमा पिल–सेप्ड डिजाइन रहेको उल्लेख गरिएको छ।

कनेक्टिभिटी तर्फ, इयरबड्सले ब्लुटुथ ६.० र मल्टी–डिभाइस कनेक्सनलाई समर्थन गर्दछ। चार्जिङ केस आईपी५४ रेटे गरिएको छ भने इयरफोनहरूले आईपी५७ रेटे प्रदान गर्ने बताइएको छ।

ब्याट्री लाइफको कुरा गर्ने हो भने, ह्वावेले एएनसी असक्षम पारिएको एकल चार्जबाट ८ घण्टासम्म वा केसमा ३३ घण्टासम्म प्रयोग गर्न सक्ने दाबी गरेको छ। एएनसी अन हुँदा बड्स ५ घण्टासम्म र केसमा २२ घण्टासम्म टिक्ने भनिएको छ।

ह्वावे फ्रिबड्स प्रो ५ इयरबड्स अर्थ गोल्ड, फ्रस्ट सिल्भर, स्नो ह्वाइट र स्काई ब्लू रङ्गहरूमा उपलब्ध हुने बताइएको छ।

इयरबड्स ह्वावेको आधिकारिक चाइना वेबसाइट मार्फत १,४४९ चिनियाँ युआन (२०५ अमेरिकी डलर) मूल्यमा खरिदको लागि उपलब्ध भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...