चार महिनामा ९ करोडमाथिको स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | १० मंसिर २०८२, बुधबार
चार महिनामा ९ करोडमाथिको स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को चौथौ महिना असोज मसान्तसम्म साढे ९ करोड माथिको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ९ करोड ९ लाख ७७ हजार बराबरको ३५ हजार ६२२ थान स्मार्टवाच आयात भएको छ। कार्तिक मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले २ करोड ७३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका १७ मुलुकबाट उक्त  स्मार्टवाच आयात भएको देखिन्छ यो आँकडा अघिल्लो महिनासम्म २३ हजार ३९४ थान रहेको थियो। यसरी हेर्दा एक महिनामा १२ हजार २२८ थान स्मार्टफोन आएको देखिन्छ। रकम पनि एक महिनामा  ३ करोड ७२ लाख ८५ हजार रुपैयाले बढेको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ३१ हजार ५४३ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ६ करोड ७० लाख ८१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ६७ लाख ९३ हजार बराबरको ३ हजार ५७५ थान र भियतनामबाट १ करोड ५२ लाख ९७ बराबरको ३६१ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया२४
क्यानडा
चीन३१५४३६८१७०
भारत३५७५६७९३
इजरायल
कुवेत२०१६
मलेसिया
 ओमन
फिलिफिन्स५१
१०कतार
११साउदी अरेबिया११
१२ताइवान१६५
१३थाइल्याण्ड८६
१४यूएई५६१२९
१५बेलायत१४१३१
१६अमेरिका९९
१७भियतनाम३६११५२९७

 

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार