वानप्लस एस ६टी चीनमा घोषणा ; स्न्यापड्रागन ८ जेन ५ समावेश

  • Technology Khabar | १० मंसिर २०८२, बुधबार
वानप्लस एस ६टी चीनमा घोषणा ; स्न्यापड्रागन ८ जेन ५ समावेश

काठमाडौं ।

वानप्लसले चीनमा आफ्नो मिड–रेन्ज एस सिरिजको सबैभन्दा नयाँ सदस्यको रुपमा वानप्लस एस ६टी घोषणा गरेको छ। यो फोन अन्य बजारहरूमा वानप्लस १५आरको रूपमा लन्च गरिने बताइएको छ।

वानप्लस एस ६टी क्वालकमको नयाँ स्न्यापड्रागन ८ जेन ५ चिपको साथ लन्च हुने पहिलो फोन हुनेछ। हाल यो चिपको बारेमा धेरै थाहा नभएको र यो स्न्यापड्रागन ८ एलिट जेन ५ भन्दा सुस्त हुने अनुमान गरिएको छ भने यो चिप अघिल्लो फ्ल्यागशिप, स्न्यापड्रागन ८ एलिटको सन्दर्भमा कहाँ बस्छ भन्ने कुरा स्पष्ट छैन।

वानप्लस एस ६टीमा अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सर सहितको ६.७ इन्चको १.५ के रिजोल्युसन र १६५ हर्ज ओएलईडीसहितको डिस्प्ले समावेश गरिएको छ। डिभाइस्को पछाडि डुअल ५० मेगापिक्सेलको मुख्य क्यामराको साथमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा प्रणाली साथै ३२ मेगापिक्सेल सेल्फी शूटर रहेको छ।

डिभाइस्को अन्य सुविधाहरूमा आईपी६८, आईपी६९ र आईपी६९ के रेटिङ, भेपर चेम्बर कुलिङ र १०० वाट फास्ट चार्जिङ भएको विशाल ८००० एमएएच ब्याट्री समावेश छ। फोन चीनमा पछिल्लो कलरओएस १६ मा चल्नेछ।

एस ६टी कालो, हरियो र बैजनी गरी तीनओटा रङ्गहरुमा उपलब्ध हुनेछ। फोनले वानप्लस १५ मा देखिए जस्तै मेटल फ्रेमको लागि माइक्रो–आर्क अक्सिडेशन प्रयोग गर्नेछ। कालो र हरियो रङ्गमा ग्लास ब्याक (पछाडिको भाग) मा रेशमी बनावट रहेको छ भने बैजनी रङ्गको पछाडिको भागमा फाइबरग्लास प्रयोग गरिनेछ।

आगामी वानप्लस १५आर पहिले अनुमान गरे जस्तै एस ६ को सट्टा यो नयाँ एस ६टी मोडेलमा आधारित हुने छ। अहिले देख्न सकिने एउटै मात्र भिन्नता भनेको १५आर ६टी कालो र हरियो रङ्गलाई कायम राख्दै बैजनी रङ्गमा नआउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार