Technology Khabar १० मंसिर २०८२, बुधबार
काठमाडौं ।
अनर ५०० सिरिज चीनमा आधिकारिक रूपमा अनावरण गरिएको छ। यो नयाँ फोनले अनर ४०० मोडेलहरूमा केही प्रमुख विशिष्टताहरू अपग्रेडहरूसँगै केही स्पष्ट एप्पल प्रेरणा प्राप्त गर्ने डिजाइन ओभरहाल प्रस्तुत गरेको छ।
अनर ५०० र ५०० प्रोको डिजाइन पछाडिको भागमा रहेको छुट्टै क्यामरा भाइजर/प्लेट्यू सहितको आईफोन एयरबाट स्पष्ट रूपमा प्रेरित भएको देखिन्छ।
नयाँ अनर फोनहरू मध्ये कुनै पनि मोडेल एयर जत्तिकै पातलो वा हल्का नभए पनि तिनीहरूमा केही प्रभावशाली क्यामरा र विशाल ब्याट्रीहरू समावेश गरिएको छ।
डिजाइनको कुरा गर्दा, ५०० सिरिजका दुवै संस्करणहरूमा एल्युमिनियम फ्रेम र ग्लास ब्याकहरू रहेका छन्। अनर ५०० र ५०० प्रोको मोटाई प्रत्येक फोन ७.८एमएम बाक्लो रहेका छ भने अनर ५०० को तौल १९८ ग्राम र अनर ५०० प्रोको तौल २०१ ग्राम रहेको छ।
अनरले पूर्ण आईपी६८ र आईपी६९के इन्ग्रेस सुरक्षाको साथ आफ्ना पूर्ववर्तीहरूको टप–नच ड्यूरेबेलिटी पनि कायम राखेको बताइएको छ।
अनर ५०० र ५०० प्रोमा १,२६४ × २,७३६ पिक्सेल रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट र ६,००० निट्स पीक लोकल ब्राइटनेस सहितको ६.५५ इन्चको एलटीपीओ ओएलईडीहरू रहेको छ। दुबै फोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र ५० मेगापिक्सेलको सेल्फी क्यामरा पनि छन्।
अनर ५०० र ५०० प्रोको मुख्य भिन्नताहरू भनेको चिपसेट र क्यामरा विभागहरूमा रहेका छन्। ५०० प्रो मा स्न्यापड्रागन ८ एलिट चिपको साथ १६जीबी र्याम र १टिबी स्टोरेज समावेश गरिएएको छ भने भेनिला अनर ५०० मा स्न्यापड्रागन ८एस जेन ४ चिप रहेको छ।
पछाडिको भागमा भने दुबै अनर ५०० भेरियन्टहरूले २०० मेगापिक्सेलको मुख्य शूटर (१/१.४” सेन्सर) र १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्सहरू समावेश गरेका छन्। अनर ५०० प्रोले ३× अप्टिकल जुमको साथ ५० मेगापिक्सेलको टेलिफोटो पनि समावेश गरेको बताइएको छ।
दुबै फोनहरूले एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १० बुट गर्दछन् र ८०वाट वायर्ड चार्जिङको साथ ८,०००एमएएच सिलिकन कार्बाइड ब्याट्रीहरू प्रदान गर्दछन्। त्यसैगरी अनर ५०० प्रो मोडेलले ५०वाट वायरलेस चार्जिङ पनि प्राप्त गरेको र दुबै फोनहरूले २७वाट सम्म रिभर्स वायर्ड चार्जिङलाई समर्थन गर्ने उल्लेख गरिएको छ।
अनर ५०० र ५०० प्रो एक्वामरिन, स्टारलाइट पाउडर (पिङ्क), मुनलाइट सिल्भर र ओब्सिडियन ब्ल्याक रङ्गहरूमा आउने बताइएको छ। दुबै फोनहरू हाल प्रि–अर्डरमा रहेका छन् भने पहिलो ढुवानी नोभेम्बर २७ मा सुरु हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० मंसिर २०८२, बुधबार