मोटो जी५७ पावर भारतमा उपलब्ध

  • Technology Khabar | १० मंसिर २०८२, बुधबार
मोटो जी५७ पावर भारतमा उपलब्ध

काठमाडौं ।

मोटो जी५७ पावर अब भारतमा उपलब्ध हुने भएको छ। यो मिडरेन्ज डिभाइसमा स्न्यापड्रागन ६एस जेन ४ चिपसेटको साथमा ८जीबी र्याम, १२० हट्र्ज एलसीडी र ३० वाट चार्जिङको साथ ७००० एमएएच ब्याट्री समावेश गरिएको छ।

मोटो जी५७ पावर प्यान्टोन रेगाटा, प्यान्टोन कोर्सेयर र प्यान्टोन फ्लुइडीटी रङ्गहरूमा उपलब्ध हुने बताइएको छ र ८/१२८जीबी ट्रिमको लागि १२,९९९ भारतीय रुपैयाँ (१४५ अमेरिकी डलर) मूल्य कायम गरिएको छ। भारतमा खुला बिक्री डिसेम्बर ३ मा मोटोरोला र साझेदार खुद्रा विक्रेताहरू मार्फत सुरु हुने थप उल्लेख गरिएको छ।

मोटो जी५७ पावर १,०५० निट्स पिक ब्राइटनेसमा मूल्याङ्कन गरिएको ६.७–इन्च एलसीडी (एफएचडी+ १२० हर्ज) संग सुसज्जित कोर्निङ गोरिल्ला ग्लास ७आई द्वारा सुरक्षित गरिएको छ। डिभाइसमा ५० मेगापिक्सेलको मुख्य क्याम (सोनी एलवाईटी–६००) सँगसँगै ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा समावेश गरिएको छ।

मोटो जी५७ पावरको सफ्टवेयर पक्षमा एन्ड्रोइड १६ मा आधारित हेलो यूआई रहेको छ भने मोटोरोलाले १ ओएस अपग्रेड र ३ वर्षको सुरक्षा प्याच प्रदान गर्ने बताएको छ। अन्य अतिरिक्त सुविधाहरूमा ३.५ एमएम हेडफोन ज्याक, आईपी६४ रेटिङ र साइड–माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर समावेश रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...