Technology Khabar ९ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
जग्गासम्बन्धी कामलाई छिटोछरितो, पारदर्शी र सुरक्षित बनाउन सल्यानमा अनलाइन प्रणाली औपचारिक रूपले कार्यान्वयनमा अब यहाँका
ल्याइएको छ।
जग्गाधनीले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट ‘मेरो कित्ता अनलाइन प्रणालीमार्फत आफ्नो कित्ताको नक्सा, प्लट रजिस्टर, फिल्डबुक प्रिन्ट गर्न र फिल्ड रेखाङ्कनको नापी कार्यालय सल्यानको प्रशासनिक कार्यालयमा निवेदन पनि अनलाइन पेस गर्न सक्ने व्यवस्था गरिएको नापी कार्यालय सल्यानले जनाएको छ।
कार्यालय प्रमुख इन्जिनियर सुरज विष्टले भने, “सल्यानमा पनि नापी कार्यालयबाट नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र ‘मेरो कित्ता’ अनलाइन सुरु भइसकेको छ। अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैँ प्रिन्ट गर्न मिल्ने छ।”
कित्ताकाट, नक्सा प्रिन्ट, नक्सा सुधार कित्ता एकीकरणलगायतका सेवा केन्द्रीय सर्भरमा रहेको काम कुन फाँटमा कुन कर्मचारीबाट भइराखेको छ र कामको प्रगति के भइराखेको छ भन्ने कुरासमेत हेर्न मिल्ने हुँदा यसले अनुमानयोग्य सेवा प्रवाह गर्न मद्दत गर्ने बताइएको छ।
मेरो कित्ताको अनलाइन व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने कार्यालयले जनाएको छ।
यो सेवाका लागि ‘मेरो कित्ता डट डिओएस डट जिओभी तस्बिर : शङ्कर केसी डट एनपी लगइन गरेर आवश्यक कागजात अपलोड गरेपछि निवेदन स्वीकृत भएलगत्तै नक्सा डाउनलोड वा प्रिन्ट गर्न सकिने सुविधा रहेको बताइएको छ।
डाटाबेसमार्फत प्रदान हुने कार्यालयले जनाएको छ। जग्गाधनीको नक्सा, प्लट रजिस्टर, फिल्डबुक जस्ता महत्त्वपूर्ण अभिलेख केन्द्रीय सर्भरमा सुरक्षित रूपमा भण्डारण हुने भएकाले डाटा हराउने जोखिम कम हुने अपेक्षा गरिएको छ।
कार्यालय प्रमुख इन्जिनियर विष्टका अनुसार कर्मचारीका लागि प्रयोगकर्ता र सेक्सन अनुसार जिम्मेवारी प्रदान गरिएको छ। उनले भने, ‘सेवाग्राहीले अब डिजिटल डिस्प्लेमा आफ्नो यी दुई प्रणालीले जग्गा प्रशासनलाई पूर्ण डिजिटलाइज्ड बनाएको र सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट धेरै हदसम्म कम हुने एवं डाटा पनि सुरक्षित रहने विश्वास गरिएको छ।’
जग्गा प्रशासनलाई सुदृढ बनाई एकीकृत सेवा प्रवाह गर्ने उद्देश्यले नापी विभागले अनलाइन प्रणाली विकास गरेको हो।
आजको गोरखापत्रबाट
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार