Technology Khabar ९ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
गुगलले आफ्ना एआई मोडेलहरूलाई तालिम दिनको लागि गोप्य रूपमा जीमेल सन्देशहरू प्रयोग गरिरहेको दावी गरिएको छ। भाइरल पोस्टहरूले गरेको उक्त दावीहरुसँगै गुगल गोपनीयता प्रतिक्रियाको नयाँ लहरसँग लडिरहेको छ।
मालवेयरबाइट्स ब्लग पोस्टले गुगलले आफ्ना नीतिहरू परिवर्तन गरेको आरोप लगाएपछि प्रयोगकर्ताहरूको इमेल र अट्याचमेण्टहरू चुपचाप जेमिनी एआई प्रणालीलाई तालिम दिन प्रयोग भइरहेको डर उत्पन्न भएको उल्लेख गरिएको छ।
गुगलले भने यो पूर्ण रूपमा गलत भएको बताएको छ।
“यी रिपोर्टहरू भ्रामक छन्। हामीले कसैको सेटिङहरू परिवर्तन गरेका छैनौं, जीमेल स्मार्ट सुविधाहरू धेरै वर्षदेखि अवस्थित छन्, र हामी हाम्रो जेमिनी एआई मोडेललाई तालिम दिन तपाईंको जीमेल सामग्री प्रयोग गर्दैनौं,” प्रवक्ता जेनी थमसनले द भर्जलाई बताइन्।
तैपनि डिफल्ट (पूर्वनिर्धारित) रूपमा अनुमान गर्न सकिने टेक्स्ट र क्यालेन्डर इन्टिग्रेसन जस्ता “स्मार्ट सुविधाहरू” देखाउने स्क्रिनसटहरूले सामाजिक सञ्जाल भरिएको बताइएको छ। केही प्रयोगकर्ताहरूले यी सुविधाहरू असक्षम पारिएपछि पुनः सक्षम भएको रिपोर्ट पनि गरेका छन् र यसले आगोमा इन्धन थप्ने कार्य गरेको उल्लेख गरिएको छ।
यो भ्रम जीमेलको स्मार्ट सुविधाहरूले वास्तवमा कसरी काम गर्छन् भन्ने कुराबाट उत्पन्न भएको उल्लेख गरिएको छ। स्मार्ट कम्पोज, फ्लाइट ट्र्याकिङ र अटो–सर्टिङ जस्ता टुल्सहरू विश्वव्यापी एआई प्रणालीहरूलाई तालिम दिन नभइ प्रयोगकर्ताको अनुभवलाई निजीकृत गर्न स्थानीय डाटा विश्लेषणमा निर्भर हुने बताइएको छ।
तिनीहरूलाई सक्रिय गर्नु भनेको गुगलले प्रयोगकर्ताको जीमेल र वर्कस्पेस कन्टेन्ट (सामग्री) लाई आफ्नो एपहरूमा प्रयोगकर्ताको अनुभव अनुकूल बनाउन प्रयोग गर्दछ भने कम्पनीका अनुसार यो जेमिनीको प्रशिक्षण पाइपलाइनबाट पूर्ण रूपमा फरक भएको उल्लेख गरिएको छ।
त्यसैगरी निजीकरण र एआई मोडेल प्रशिक्षण दुई फरक कुराहरू हुन् भन्ने तथ्यमा गुगलले जोड दिएको छ। तर गुगलको उक्त भनाई प्रति सार्वजनिक विश्वास भने कमजोर भएको उल्लेख गरिएको छ।
महिनाको सुरुमा दायर गरिएको वर्ग–कार्य मुद्दाले जेमिनीलाई जीमेल, च्याट र मीट कन्टेन्ट (सामग्री)मा पहुँच प्रदान गरेर कम्पनीलाई सीमा पार गरेको आरोप लगाएको छ भने गुगलले दृढतापूर्वक अस्वीकार गरेको बताइएको छ।
यो विवाद कठिन समयमा आएको बताइएको छ। गुगलले जेमिनी ३ लाई प्रवद्र्धन गरिरहेको छ र यो कम्पनीको अहिलेसम्मको सबैभन्दा शक्तिशाली एआई प्रणाली भएको बताइएको छ। जेमिनीको टुल्सहरू दैनिक सेवाहरूमा अझ बढी सम्मिलित हुँदै जाँदा, प्रयोगकर्ताहरूले कडा प्रश्नहरू सोधिरहेको र तिनीहरूको गोपनीयता सेटिङहरू अझ सावधानीपूर्वक जाँच गरिरहेको उल्लेख गरिएको छ।
त्यसैगरी गुगलले अब पिक्सेल १० प्रयोगकर्ताहरूलाई एयरड्रप मार्फत आईफोन, आईप्याड, र म्याक सँग सिधै फाइलहरू साझेदारी गर्न दिने भएको छ। साथै यो सुविधाले एपहरू वा सेटअपको आवश्यकता हटाउँदै ट्रान्सफरहरू लगभग द्रुत हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार