सामसङ नेपालले ल्यायो ‘वार्म विण्टर अफर: वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट

Technology Khabar ८ मंसिर २०८२, सोमबार

काठमाडौं ।

सामसङ नेपालले जाडो मौसमलाई झन् सहज र आरामदायक बनाउनका लागी वार्म विण्टर अफरको घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ केजी देखि १२ केजीसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी सिङ्गल डोर, डबल डोर र साइड बाइ साइड सामसङ रेफ्रिजिरेटरहरुमा अधिकतम 17 प्रतिशत क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिङ मेशिन र रेफ्रिजरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्ने र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध रहेको कम्पनीले जनाएको छ।

वाशिङ मेसिन अफर

 क्याटेरीक्षमताक्यासब्याक प्रतिशत (सम्म)
सेमी अटोमेटेड टप लोड७ केजी१२
फुल्ली अटोमेटेड टप लोड८ केजी१२
एआई इकोबबल फ्रन्ट लोड९-१२ केजी२०
एआई इकोबबल वाशर ड्रायर९-११ केजी२३

 

रेफ्रिजिरेटर अफर

 क्याटेरीक्षमताक्यासब्याक प्रतिशत (सम्म)
एसबीएस७०० लि११
फाइभ इन १३००-४१९ लि१५
डबल डोर253-२७५ लि१७
सिङ्गल डोर१९२-२३० लि१७

प्रकाशित: ८ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया