
काठमाडौं ।
हालैको तथ्याङ्कले ब्याटलफिल्ड ६ सन् २०२५ मा अमेरिकामा सबैभन्दा धेरै बिक्री हुने भिडियो गेम बन्न सफल भएको भनेर देखाएको छ।
पीसी, प्लेस्टेशन र एक्सबक्सको लागि अक्टोबर १० मा रिलिज भएको यो खेलले सात दिन भन्दा कम समयमा डीआईसीई फ्रान्चाइजीको इतिहासमा सबैभन्दा ठूलो लन्चको उपाधि हासिल गरेको छ।
सर्कानाले पोकेमोन लेजेन्ड्सः जेड ए एण्ड घोस्ट अफ योटेई जस्ता खेलहरूलाई उछिनेर अक्टोबरको लागि ब्याटलफिल्ड ६ लाई सबैभन्दा धेरै बिक्री हुने खेलको रूपमा स्थान दिएको छ।
भिडियो गेमले केवल तीन दिनमा ७० लाख भन्दा बढी प्रतिहरू बिक्री गरेको र ब्याटलफिल्ड ५ को बिक्री गतिलाई उछिनेको बताइएको छ।
लोकप्रिय फ्रान्चाइजीहरूको शक्ति देखाउँदै शीर्ष १० का सबैभन्दा धेरै बिक्री हुने भिडियो गेमहरू मध्ये कुनै पनि मौलिक आईपीहरु नभएको उल्लेख गरिएको छ।
सन् २०२४ को तुलनामा, एल्डेन रिङ शीर्ष १० मा एक मात्र मौलिक खेल बनेको अवस्थामा, ब्याटलफिल्ड ६ ले असाधारण रूपमा राम्रो प्रदर्शन गरिरहेको छ।
यसबाहेक, कल अफ ड्युटी शीर्ष १० मा रहन जारी गरेपनि अहिले ब्याटलफिल्ड ६ लाई पार गर्ने अपेक्षा भने गरिएको छैन।
कल अफ ड्युटी जस्तै संख्याका साथ, ब्याटलफिल्ड ६ वर्षको अन्त्यमा अमेरिकामा सन् २०२५ को सबैभन्दा धेरै बिक्री हुने खेलको रूपमा रहने सम्भावना रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ मंसिर २०८२, सोमबार