एनपीएलमा अवैध सट्टेबाजी गर्ने ८ भारतीय नागरिक पक्राऊ

Technology Khabar ७ मंसिर २०८२, आईतवार

एनपीएलमा अवैध सट्टेबाजी गर्ने ८ भारतीय नागरिक पक्राऊ
तस्बिर: CAN

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा अवैध सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले आठ भारतीय नागरिकलाई पक्राऊ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विशेष निगरानीपछि पक्राऊ गरेको कार्यालयको भनाइ छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा आन्द्रा प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्। उनीहरू सामाखुसी क्षेत्रमा बस्दै आएको बुझिएको छ।

प्रहरीका अनुसार अवैध अनलाइन बेटिङ साइट प्रयोग गरी सट्टाबाजी सञ्चालन गर्ने गरेका उनीहरुलाई बल्खु क्षेत्रमा सञ्चालन गरिएको अपरेसनबाट पक्राउ हो।

प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसर भद्रकाली पठाइएको छ।

गत वर्षको एनपीलमा पनि विभिन्न मितिमा ३० भन्दा बढी भारतीय नागरिक अवैध सट्टेबाजीका क्रममा त्रिवि क्रिकेट मैदानबाट पक्राऊ परेका थिए।

प्रकाशित: ७ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया