‘साहित्यमा एआईको प्रयोग’ परिचर्चा

  • Technology Khabar | ७ मंसिर २०८२, आईतवार
‘साहित्यमा एआईको प्रयोग’ परिचर्चा

काठमाडौं ।

साहित्य सन्ध्याको ४७० औं नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान र साहित्यमा एआईको प्रयोग विषयमा परिचर्चा तथा विशेष कवि गोष्ठी आयोजना गरिएको छ।

शनिबार गुगलमिटका माध्यमबाट आयोजना गरिएको विशेष समारोहमा प्रमुख अतिथिमा प्राडा मुकेश चालिसे, अतिथिहरूमा सञ्चारकर्मी अजय शर्मा, कवि यशोदा अधिकारी, प्राडा लेखप्रसाद निरौला, डा. रामहरि लम्साल, डा. राजेन्द्रप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।

प्राडा मुकेश चालिसेले पाका नागरिकलाई बुढाबुढी भन्ने, हेलाहोचो गर्ने र हिजोका मान्यतालाई निस्तेज गर्ने जस्ता कुरा अहिले पनि भएको धारणा राख्दै भने, “कतिपयले स्वान्तसुखायका लागि साहित्य सिर्जना गर्ने र विशेष गरी प्रगतिशील विचार राख्नेहरू भने कथनी र करनी एउटै गर्ने र जनसेवामा जुट्ने कार्यमा सक्रिय रहेका छन्।”

सञ्चारकर्मी अजय शर्माले नेपालमा एआईसम्बन्धी कानुन २०५१ मा आएको र एआई नीति पनि विसं २०८१ मै आएको जानकारी दिँदै एआई मानिसको निर्देशन अनुसार नै काम गर्ने प्रविधि भएको र सन् १९५० देखि ८० कम्प्युटरको युग आएको बताए।

उनले गुगल मिटमार्फत भने, “सन १९५२ मा पहिलो पटक दिइएका शब्दको प्रयोग गरेर एआईले शब्द लभ लेटर बनाएको पाइन्छ। सन् १९८४ मा पहिलो एआई पुस्तक तयार भएको छ।”

समारोहमा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, डा. कृष्ण सुवेदी, महेशराज खरेल, डा. राजेन्द्रप्रसाद अधिकारी, कृष्ण बाउसे, जयन्ती स्पन्दन, रामचन्द्र दाहाललगायतले कविता, गीत, गजल वाचन गरेका थिए।-रासस

प्रकाशित: ७ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ७ मंसिर २०८२, आईतवार