Technology Khabar ७ मंसिर २०८२, आईतवार
काठमाडौं ।
एप्पलको आगामी आईफोन १७ई मा क्यामरा अपग्रेड गरिने भएको छ। आईफोन १७ई ले पनि अब आईफोन १७ परिवारको बाँकी मोडेलले जस्तै १८ मेगापिक्सेलको सेल्फी क्यामरा पाउने भएको छ।
एप्पलले आईफोन १७ सिरिजको साथ प्रस्तुत गरेको लाइनअपको सबैभन्दा सस्तो मोडेल आईफोन १७ई मा यति छिटो विस्तार गरेको देख्नु उत्कृष्ट र अचम्मलाग्दो भएको र कम्पनीले यस्तो काम प्रायः नगर्ने गरेको बताइएको छ।
नयाँ क्यामराले प्रयोग गर्ने वर्गाकार सेन्सरले फोनबाट ठाडो वा तेर्सो सेल्फी खिच्न सकिनेछ। विश्लेषक जेफ पुका अनुसार आईफोन १७ई “२०२६ को पहिलो त्रैमासिकको मध्यमा” आइपुग्ने बताइएको छ।
आईफोन १७ई ले आफ्नो पूर्ववर्तीको तुलनामा नयाँ सेल्फी क्यामरा मुख्य अपग्रेडहरू मध्ये एक हुनेछ भने अर्को अपग्रेडमा आईफोन १७ मा प्रयोग गरिएको ए१९ चिप हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ मंसिर २०८२, आईतवार