स्पोटिफाईमा अब प्रतिस्पर्धी सेवाहरूबाट तपाईंको प्लेलिस्टहरू ट्रान्सफर गर्ने बिल्ट–इन तरिका उपलब्ध

Technology Khabar ६ मंसिर २०८२, शनिबार

काठमाडौं ।

स्पोटिफाईमा अब प्रतिस्पर्धी सेवाहरूबाट तपाईंको प्लेलिस्टहरू ट्रान्सफर (स्थानान्तरण) गर्ने सुविधा उपलब्ध हुने भएको छ। स्पोटिफाईको पछिल्लो सुविधा भने तेस्रो पक्षहरूले लामो समयदेखि प्रदान गर्दै आएको कुरा हो र स्पोटिफाईले तेस्रो पक्षहरू मध्ये एकसँग साझेदारी लन्च गर्नेछ।

धेरै समयदेखि अनलाइन म्युजिक (संगीत) स्ट्रिमिङ सेवाहरू बीच प्लेलिस्ट ट्रान्सफर (स्थानान्तरण)हरू प्रदान गर्दै आएको ट्युनमाईम्युजिकबाट स्पोटिफाईको यो सुविधा संचालित हुनेछ। यो अब स्पोटिफाईमा एक प्रकारले समावेश गरिएको तर स्पोटिफाईबाट बाहिर नभइ स्पोटिफाईमा मात्र सार्न चाहेको प्लेलिस्टहरूको लागि काम गर्नेछ।

स्पोटिफाई मोबाइल एपमा लाइब्रेरीमा गएर तल स्क्रोल गर्दै, त्यसपछि “इम्पोर्ट योर युजिक” मा ट्याप गरेर ट्युनमाईम्युजिकसँग जडान गर्न प्रम्प्टहरू पालना गर्नुपर्नेछ। त्यसपछि आयात गर्न चाहेको प्लेलिस्टहरू कहाँ अवस्थित छन् भनेर प्रतिस्पर्धी प्लेटफर्म छनौट गर्नुुपर्नेछ। त्यसपछि स्पोटिफाईमा कुन प्लेलिस्टहरू ल्याउन चाहेको भनेर चयन गरेपछि तिनीहरू स्थानान्तरण हुनेछन्। साथै कतिओटा प्लेलिस्टहरू आयात गर्न सकिनेछ वा प्रत्येकमा कति गीतहरू समावेश हुन सक्छन् भन्ने कुनै सीमा नभएको उल्लेख गरिएको छ।

यो सुविधा “आगामी दिनहरूमा विश्वव्यापी रूपमा रोल आउट” हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया