Technology Khabar ६ मंसिर २०८२, शनिबार
काठमाडौं ।
गुगलले आफ्नो म्याप्स एपमा अपडेट जारी गरेको छ। जारी गरिएको अपडेटमा धेरै नयाँ टुल्स (उपकरणहरू) को साथमा इलेक्ट्रिक भेहिकल्स (सवारी साधनहरू) को लागि चार्जरहरूको उपलब्धता जाँच गर्ने क्षमता समावेश रहेको बताइएको छ।
एपले पहिले केवल इलेक्ट्रिक भेहिकल (सवारी साधन) चार्जरहरूको स्थान मात्र देखाउने गरेको र तिनीहरू उपलब्ध छन् कि छैनन् भनेर चाहीँ नदेखाउने गरेको बताइएको छ।
अपडेट गरिएको टुल (उपकरण) ले चाँडै नै “ चार्जिङ स्टेशनमा आइपुग्दा कतिओटा चार्जरहरू उपलब्ध हुने सम्भावना छ” भनेर देखाउने बताइएको छ। उपकरणले एआई र रियल–टाइम चार्जर जानकारीको संयोजन प्रयोग गर्दै कतिओटा चार्जरहरू निःशुल्क र दिइएको समयमा प्रयोगको लागि तयार हुनेछन् भनेर अनुमान गर्ने उल्लेख गरिएको छ।
गुगलको अनुसार यसले प्रयोगकर्ताहरूलाई “लाइनहरूबाट बच्न र समय बचत गर्न” मद्दत गर्नेछ। यो सुविधा मात्र एन्ड्रोइड अटो र एकीकृत गुगल सेवाहरू भएका कारहरू मार्फत अर्को हप्तादेखि उपलब्ध हुनेछ।
पुनः डिजाइन गरिएको एक्सप्लोर ट्याब मार्फत अब स्थानीय इन्फ्लुएन्सर र ओपनटेबल जस्ता कम्पनीहरूबाट क्युरेट गरिएका सूचीहरू फेला पार्न सजिलो हुने बताइएको छ।
प्रयोगकर्ताले “नजिकैका सबैभन्दा लोकप्रिय रेस्टुरेन्टहरू, गतिविधिहरू र आकर्षणहरू” हेर्नको लागि मात्र माथि स्वाइप गर्नु पर्नेछ। अपडेट गरिएको एक्सप्लोर ट्याब यस महिना एन्ड्रोइड र आईओएसको लागि विश्वव्यापी रूपमा उपलब्ध हुनेछ।
कम्पनीले म्याप्समा थप जेमिनी फङ्गसन्यालिटीलाई पनि समावेश गर्ने भएको छ। एआई च्याटबटले रेस्टुरेन्ट, होटल, कन्सर्ट हल र अन्य रुचिका ठाउँहरूमा जानु अघि “नो–विफोर–यू–गो” शैलीको सल्लाह प्रदान गर्न सक्षम हुनेछ।
जेमिनीले “बाटो देखाउने विशेषज्ञ गाइड” को रूपमा काम गर्नेछ भनि गुगलले बताएको छ। एआई–संचालित एडभाइस (सल्लाह) सुविधा अमेरिकाका धेरै प्रयोगकर्ताहरूका लागि एन्ड्रोइड र आईओएसमा पहिलेदेखि नै उपलब्ध हुँदै आएको छ।
साथै समीक्षकहरूले अब स्थानीय व्यवसायहरूको लागि समीक्षा छोड्दा आफ्नो प्रदर्शित हुने नाम परिवर्तन गर्न सकिने उल्लेख गरिएको छ। यद्यपि प्रयोगकर्ता नाम परिवर्तन गरिए पनि समीक्षाहरू प्रयोगकर्ताको गुगल खातासँग लिङ्क गरिएको हुनेछ।
यो गुगल म्याप्सको लागि पछिल्लो अपडेट हो। यो एपले पोलेस्टार ४ का मालिकहरूका लागि लाइभ लेन मार्गदर्शन पनि थप गरेको छ र गार्मिन स्मार्टवाचहरूमा पनि आउने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ६ मंसिर २०८२, शनिबार