सामसङ ग्यालेक्सी वाच६ र वाच६ क्लासिकले वान युआई ८ वाच अपडेट प्राप्त गर्दै

Technology Khabar ६ मंसिर २०८२, शनिबार

काठमाडौं ।

सामसङले ग्यालेक्सी वाच६ र ग्यालेक्सी वाच६ क्लासिकको लागि वान युआई ८ वाच अपडेट रोल आउट गर्न सुरु गरेको छ।

यो अपडेट गुगलको वेयर ओएस ६ मा आधारित रहेको र यो गत मे महिनामा घोषणा गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

यो अपडेट हाल कोरियामा खरिद गरिएका वाच६ र वाच६ क्लासिक एकाइहरूमा रोल आउट भइरहेको रिपोर्ट गरिएको छ।

त्यसैगरी नयाँ संस्करण सीवाईके२ मा समाप्त हुने बताइएको छ। यस बीचमा प्रमुख समस्याहरू पत्ता नलागेसम्म, थप क्षेत्रहरूले आगामी केही दिन भित्र यो अपडेट प्राप्त गर्ने बताइएको छ।

अपडेट जाँच गर्नको लागि, वेयरेबल एपमा गएर त्यसपछि वाच सेटिङ्स > वाच सफ्टवेयर अपडेट > डाउनलोड गरेर इन्स्टल गर्न सकिने छ।

यो अपडेट एकदम महत्त्वपूर्ण भएको र यसले नयाँ युजर इन्टरफेसको साथमा अन्य धेरै नयाँ सुविधाहरू ल्याएको उल्लेख गरिएको छ।

यो जुलाईमा ग्यालेक्सी वाच७ र वाच अल्ट्राको लागि लन्च गरिएको थियो र उक्त समयम ग्यालेक्सी वाच८ र ग्यालेक्सी वाच८ क्लासिक वान युआई ८ वाचसँग बक्सबाट बाहिर आएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया