Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
लाभा अग्नि ४ भारतमा सार्वजनिक भएको छ। मिडियाटेक चिपसेटद्वारा संचालित लाभा अग्नि ४ मा मेटल फ्रेम र वायु एआई कम्पनीको नयाँ एआई–सहायकसँग आउनेछ।
ह्यान्डसेटमा डाइमेन्सिटी ८३५० एसओसीको साथमा ८जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र २५६जीबी यूएफएस ४.० स्टोरेज समावेश गरिएको छ। साथै लाभा अग्नि ४ मा भेपर चेम्बर कुलिङ प्रणाली पनि उपलब्ध रहेको छ।
अग्नि ४ मा १२०हर्ज को रिफ्रेस रेट, १.५के रिजोल्युसन र २,४००–निट पीक ब्राइटनेसको साथ ६.६७ इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। फोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ।
ह्यान्डसेटको पछाडि ओआईएस सहितको ५० मेगापिक्सेलको प्राथमिक सेन्सर र ८ मेगापिक्सेलको अल्ट्रावाइड युनिटको साथ डुअल क्यामरा सेटअप रहेको छ। सेल्फी र भिडियो कलिङको लागि यो डिभाइसमा ५० मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध गराइएको छ। फोनले तीनओटै क्यामरामा फोरके ६०एफपीएस भिडियो रेकर्डिङलाई समर्थन गर्ने बताइएको छ।
फोनमा ६६ वाट वायर्ड चार्जिङको लागि समर्थन सहितको ५,००० एमएएच ब्याट्री समावेश गरिएको छ। फोनमा एन्ड्रोइड १५ चल्ने उल्लेख गरिएको छ जसमा कम्पनीले तीन वर्षको ओएस अपडेट र चार वर्षको सुरक्षा प्याचहरू प्रदान गरेको छ।
लाभाले अग्नि ४ मा वायु एआई नामक नयाँ एआई–सहायक समावेश गरेको छ र यो ‘भावनात्मक जागरूकता’ सहितको ‘सिस्टम लेभल एआई’ भएको दाबी गरिएको छ। फोनले गुगलको सर्कल टु सर्चलाई पनि समर्थन गर्दछ र धेरै एआई सुविधाहरू सहित आउने बताइएको छ।
फोनको अन्य विशेषताहरूमा आईपी६४ रेटिङ, वाइफाइ ६ई, ब्लुटुथ ५.४, स्टेरियो स्पिकरहरू, इन्फ्रारेड सेन्सर र डुअल–सिम समर्थन समावेश छ।
लाभा अग्नि ४ लुनार मिस्ट र फ्यान्टम ब्ल्याक रङ्गहरूमा ८जीबी/२५६जीबी भेरियन्टमा मात्र उपलब्ध हुनेछ। लाभा अग्नि ४ को मूल्य २४,९९९ भारतीय रुपैयाँ (२८० अमेरिकी डलर) कायम गरिएको र नोभेम्बर २५ देखि भारतमा बिक्रीको लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार