Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
गत मे महिनादेखि अनरले म्याजिक८ मिनीमा काम गरिरहेको हल्ला सुनिरहेका छौं र गत महिना धेरै प्रारम्भिक स्पेसिफिकेशनहरू पनि लीक भएका छन्। यसै क्रममा अब उही स्रोत (वेईबोमा प्रख्यात डिजिटल च्याट स्टेशन) ले केही नयाँ विवरणहरूको खुलासा गरेको छ।
यो डिभाइमा ५,५०० एमएएच ब्याट्री रहने बताइएको छ। यस अघि डिभाइसमा ६,००० एमएएच सेल हुने अफवाह गरिएको थियो। अनरले फोनलाई ७ एमएम भन्दा कम मोटो बनाउने निर्णय गरेको र कम्पनीले ६ एमएम भन्दा कम मोटाईको लागि पनि जोड दिन सक्ने उल्लेख गरिएको छ।
फोनको मोटाई ब्याट्री क्षमतासँग सम्बन्धित सम्झौताको साथ आउने भए तापनि अनरको यो डिभाइस सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा भन्दा १० प्रतिशत ठूलो हुने बताइएको छ।
म्याजिक८ मिनी मा “१.५के” रिजोल्युसन भएको ६.३१ इन्चको एलटीपीओ फ्ल्याट ओएलईडी स्क्रिन, २०० मेगापिक्सेलको मुख्य क्यामरा र १÷१.५ इन्च सेन्सर साइज भएको ५० मेगापिक्सेलको टेलिफोटो क्यामरा हुने बताइएको छ।
यो डिभाइस मिडियाटेक डाइमेन्सिटी ९५०० एसओसीबाट संचालित हुनेछ। म्याजिक८ मिनी लन्च हुने बारेमा भने स्पष्टता नभएको र सायद अर्को वर्षको सुरुमा आउने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार