Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
चालु आर्थिक वर्षको तेस्रो महिना असोज मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या घटेको र रकम भने दुवै बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या घटेको र रकम भने उल्लेख्य बढेको पाइएको हो।
साउनबाट भदौमा जाँदा क्यूआरमार्फत् हुने कारोबार रकम ५६ करोड ३० लाखले बढेर समग्रमा १ खर्ब १ अर्ब २३ करोड ९० लाख पुगेको थियो। भदौबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा उक्त रकम २० अर्ब ५३ करोड ९० लाखले बढेर समग्रमा १ खर्ब २१ अर्ब ७७ करोड ७० लाख पुगेको छ।
यसैगरी कारोबार सङ्ख्या साउनबाट भदौमा जाँदा १ लाख ५९ हजार ४० ले बढेर ४ करोड १० लाख ८७ हजार ८०८ पुगेको थियो। तर भदौबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा भने ३७ लाख ३१ हजार ३४१ ले घटेर ३ करोड ७३ लाख ५६ हजार ३६७ मा आइपुगेको छ।
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार