Technology Khabar ४ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका लाइसेन्सहरुको विवरण (नाम लिष्ट) विभागको फेसबुक पेज (हेल्लो यातायात व्यवस्था विभाग) मा प्रकाशन गर्ने भएको छ।
विभागले आज एक सूचना प्रकाशित गरी सम्बन्धित सबैलाई यस्तो जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘विभागको http://applydinew.dotm.gov.np/login मार्फत अत्यावश्यक सवारीचालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी Approve भए पश्चात ७२ घण्टा भित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी नोटिफिकेशन (यस प्रकारको जानकारी प्रणाली ध्वस्त हुनुअघि आउने गरेको) जाने गरेकोमा सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरुको विवरण (नाम लिष्ट) विभागको फेसबुक पेज (हेल्लो यातायात व्यवस्था विभाग) मा प्रकाशन गरिनेछ र विवरणमा नाम समावेश भएको अवस्थामा आवेदकहरु सक्कल राजव रसिद (नविकरण / वर्ग थपको हकमा पुरानो सवारीचालक अनुमतिपत्र) लिई विभागमा उपस्थित हुन अनुरोध गर्दछौं।’
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ध्वस्त हुनुअघि विभागको http://applydinew.dotm.gov.np/login मार्फत अत्यावश्यक सवारीचालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी अप्रुभ भए पछि ७२ घण्टा भित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारीको नोटिफिकेशन आउने गरेको थियो।
विवरणमा नाम समावेश भएको अवस्थामा आवेदकहरु सक्कल राजस्व रसिद (नवीकरण/वर्ग थपको हकमा पुरानो सवारीचालक अनुमतिपत्र) लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ।
प्रकाशित: ४ मंसिर २०८२, बिहीबार