डिजिटल वालेटमार्फत हुने कारोबार रकम बढ्दो, सङ्ख्या घट्दो

Technology Khabar ४ मंसिर २०८२, बिहीबार

काठमाडौं ।

नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम चालु आर्थिक वर्षको पहिलो तेस्रो महिना असोजमा पनि उल्लेख्य रुपमा बढेको छ। यसअघि साउन महिनामा पनि कारोबार रकम र सङ्ख्या दुवै घटेको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ असोजसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम बढेको तथा सङ्ख्यामा गिरावट देखिएको हो।

साउनबाट भदौमा जाँदा डिजिटल वालेट मार्फत २ अर्ब १० करोड ९० लाख रुपैयाँले घटेर समग्र कारोबार रकम ४३ अर्ब ३४ करोडमा आइपुगेको थियो। भदौबाट असोज मसान्तसम्म आइपुग्दाको एक महिनामा भने कारोबार रकम ३ अर्ब ६१ करोड ५० लाखले बढेर समग्रमा ४६ अर्ब ९५ करोड ४० लाखमा पुगेको छ।

यसैगरी कारोबार सङ्ख्या पनि साउनबाट भदौ मसान्तसम्ममा पुग्दा १७ लाख ८५ हजार ९६८ ले घटेर समग्रमा ३ करोड ७९ लाख २ हजार २३५ मा आइपुगेको थियो।

भदौबाट असोज मसान्तसम्म आइपुग्दा पनि सोही प्रवृत्तिले निरन्तरता पाएको छ। यो अवधिमा डिजिटल वालेट मार्फत हुने कारोबार सङ्ख्या ६ लाख ६१ हजार ७८८ ले घटेर समग्रमा ३ करोड ७२ लाख ४० हजार ४४८ मा आइपुगेको विवरणमा उल्लेख छ।

प्रकाशित: ४ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया