सामसङ ग्यालेक्सी एस२६ सिरिज पूर्ववर्तीहरू भन्दा हल्का र पातलो हुने

Technology Khabar ४ मंसिर २०८२, बिहीबार

काठमाडौं ।

गत हप्ता, ग्यालेक्सी एस२६ को आयामहरूको बारेमा प्रकाशित भएको एक रिपोर्टले बेस मोडेल १४९.५ × ७१.६ × ७.२४ मिमी मापन हुने सुझाव दिएको छ।

टिपस्टर युनिभर्सआइसको हालैको पोस्टले डिभाइस वास्तवमा ६.९ मिमी हुने र यो आफ्नो पूर्ववर्ती भन्दा ०.३ मिमी पातलो हुनेछ।

त्यसैगरी बेस एस२६ को तौल १६४ ग्राम हुने अपेक्षा गरिएको छ र यो एस२५ को भन्दा २ ग्राम बढी हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

पोस्टमा एस२६ प्लस र अल्ट्रा मोडेलहरूको मोटाई र तौलहरूको साथै तिनीहरूको समकक्ष आईफोन १७ सिरिजसँगको तुलना पनि समावेश रहेको उल्लेख गरिएको छ।

एस२६ प्लस/प्रो मोडेल ७.३ मिमी बाक्लो र १९१ ग्राम तौल हुने बताइएको छ। एस२६ प्लस/प्रो मोडेलको मोटाई र तौल जनवरीमा डेब्यु भएको ग्यालेक्सी एस२५+ सँग लगभग समान भएको उल्लेख गरिएको छ।

एस२६ र एस२६+/प्रो दुवै तिनीहरूको आईफोन १७ सिरिजका समकक्षहरू भन्दा १३ ग्राम हल्का र १ मिमी भन्दा बढी पातलो हुनेछन्।

एस२६ अल्ट्राको मोटाई ७.९ मिमी र तौल २१४ ग्राम हुने अपेक्षा गरिएको छ। साथै आगामी हाई–इण्ड मोडेल एस२५ अल्ट्रा भन्दा ०.३ मिमी पातलो र ४ ग्राम हल्का बनाउने उल्लेख गरिएको छ।

आईफोन १७ प्रो म्याक्सको तुलनामा यो भिन्नता अझ उल्लेखनीय भएको बताइएको छ र ग्यालेक्सी १७ ग्राम हलुका हुनुका साथै ०.८५ मिमी पातलो हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया