Technology Khabar ३ मंसिर २०८२, बुधबार
काठमाडौं ।
हाल एनपीएलको सिजन २ चलिरहेको छ र डिशहोम गोले एकमात्र आधिकारीक ओटीटी प्लेटफर्मको रुपमा एनपीएल विश्वभर प्रशारण गरिरहेको छ।
तर कहिलेकाँही एनपीएल हेरिरहँदा प्रयोगकर्ताहरुले प्राविधिक समस्या भोगेको गुनासो गरिरहेका छन् जसलाई कम्पनीले तत्काल समाधान गर्ने प्रयास गरिरहेको बताएको छ।
कम्पनीले एनपीएल स्ट्रिमिङ्ग अर्थात हेरिरहँदा इरर आयो वा लिमिट एक्सिड (“Error Occurred. Concurrency limit exceeded”) भयो भन्ने प्राविधिक समस्याको समाधान कसरी गर्ने भनेर जानकारी दिएको छ।
हाल चलिरहेको एनपीएल हेर्नका लागि शुल्क तिरिसकेपछि तपाईंले एकै समयमा ३ ओटा डिभाइसमा लगइन गर्न सक्नुहुन्छ, तर खेल हेर्न केवल एउटा डिभाइसबाट मात्र सम्भव छ।
यदि तपाईंले स्ट्रिमिङ्गको समयमा कन्करेन्सी इस्यू (concurrency issue) अनुभव गर्नुभयो भने, यसको कारण निम्न हुन सक्छ:
१. तपाईंले १ भन्दा बढी डिभाइसमा लगइन गर्नुभएको छ। यस्तोमा Error: Device limit reached भन्ने देखिन्छ।
२. तपाईंले एउटै क्रेडेन्सियल्स अर्थात पासवर्ड वा लगइन कोडहरु प्रयोग गरी दुई वा बढी डिभाइसबाट स्ट्रिमिङ्ग गर्ने वा गेम हेर्ने प्रयास गर्नुभएको छ। यस्तो बेलामा Error: Concurrency limit exceeded भन्ने देखिन्छ।
यस्तो समस्या देखिएमा समाधानका लागि यी तरिका प्रयोग गर्न सक्नुहुनेछः
१. सबैभन्दा पहिले आफ्ना सबै डिभाइसहरु र ब्राउजरबाट लग आउट (log out) गर्नुहोस्।
२. त्यसपछि फेरी नयाँ लग इन गरिएको डिभाइसबाट अब मोर एप सेटिङ्ग्स (More App Settings) मा जाने र त्यहाँबाट माइ डिभाइसेज (My Devices) मा जानुहोस् र त्यहाँ देखिएका सबै डिभाइसहरुलाई डिसेबल (disable) गर्नुहोस्।
३. यति गरिसकेपछि अब एप बन्द गरेर फेरि खोल्नुहोस् ।
४. यसपछि तपाईँले सजिलैसँग एनपीएल आफ्नो डिभाइसमा स्ट्रिमिङ्ग गर्न सक्नुहुनेछ।

प्रकाशित: ३ मंसिर २०८२, बुधबार