कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा नेपाल टेलिकमको टूजी र फोरजी सेवा सञ्चालनमा

Technology Khabar ३ मंसिर २०८२, बुधबार

काठमाडौं ।

नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

हुम्ला जिल्लाको सर्केगड–३ र सर्केगड–६ मा २जी तथा ४जी सेवा सञ्चालनमा आएको छ । टूजी र फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिकाका वडा नं. २, ३,४ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टूजी र फोरजी सेवाबाट लाभान्वित भएका बताईएको छ। सेवा विस्तार भएका स्थानहरुमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्रहरु पर्दछन।

यसैगरी टेलिकमले हुम्ला जिल्लाको अदानचुली–६ मा पनि टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टूजी र फोरजी सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिकाको वडा नं. २ र अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरू लाभान्वित भएका बताईएको छ। सेवा विस्तार भएका स्थानहरुमा पानचौर, कालिका लगायतका क्षेत्रहरु पर्दछन।

साथै दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँ लगायतका भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय द्धन् सेवाबाट लाभान्वित भएका छन् ।

यसैगरी नेपाल टेलिकमले जाजरकोट जिल्लाको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा टूजी र फोरजी सेवा ल्याएको छ । द्दन्रद्धन् सेवा सञ्चालनमा आए पश्चात् जुनीचांदे गाउँपालिकाका विभिन्न वडाहरु वडा नं. ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टूजी र फोरजी सेवाबाट लाभान्वित भएका कम्पनीले उल्लेख गरेको छ।

साथै डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।

टेलिकमको टूजी र फोरजी सेवा विस्तार भएसँगै यस प्रदेशका दर्जनौं बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । नेपाल टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रका सेवाग्राहीहरुको सुविधाका लागि सेवा सञ्चालन ल्याएसँगै सो क्षेत्रमा बसोबास गर्ने वासिन्दा सेवाबाट लाभान्वित भएका छन । यससंगै थप दुई स्थानिय तहमा ४जी सेवा विस्तार भई जम्मा ७५३ मध्ये ७४९ स्थानिय तहमा ४जी सेवा पुगेको नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया