एआई स्टार्टअपको लागि आईफोन एयरका प्रमुख डिजाइनर एप्पल छोड्दै

Technology Khabar ३ मंसिर २०८२, बुधबार

काठमाडौं ।

आईफोन एयरमा काम गर्ने प्रमुख डिजाइनर अबिदुर चौधरीले कम्पनी छोडेर एउटा अज्ञात एआई स्टार्टअपमा सामेल भएको आन्तरिक स्रोतहरूलाई उद्धृत गर्दै ब्लूमबर्गले रिपोर्ट गरेको छ।

डिजाइनको पछाडि उनी एक्लै नभए पनि, उनको प्रस्थानले डिजाइन टोलीमा प्रभाव पारेको आन्तरिक स्रोतहरूले दाबी गरेका छन्।

चौधरी लगभग ६ वर्षअघि एप्पलमा सामेल भएका थिए र सोही समयमा प्रसिद्ध डिजाइनर जोनी आइभले लभफ्रम नामक आफ्नै रचनात्मक एजेन्सी बनाउन कम्पनी छोडेका थिए। आइभ संलग्न रहेको आइओ भनिने अर्को परियोजनालाई ओपनएआईले किनेको थियो (तर आइभ र लभफ्रम स्वतन्त्र छन्)।

आइफोन एयरको बिक्री राम्रो हुन नसकेको बताइएको पनि छ र चौधरीले कम्पनी छोड्नुको कारण बिक्री प्रदर्शनसँग सम्बन्धित नभएको उल्लेख गरिएको छ। आईफोन एयर २ आउनका लागि ढिलो गरिने अफवाहहरू सुन्नमा आएका छन्। साथै आईफोन एयर २ रद्द भने नगरिएको हुनाले सामसङको ग्यालेक्सी एस२६ एजको अवस्थाहरु त्यति राम्रो नदेखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

तल एम्बेड गरिएको आईफोन एयरको परिचयात्मक भिडियोमा चौधरीलाई देख्न सकिन्छ।

प्रकाशित: ३ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया