Technology Khabar ३ मंसिर २०८२, बुधबार
काठमाडौं ।
गुगलले जेमिनी ३ लन्च गर्ने भएको छ। एआई मोडेलहरूको पछिल्लो सुइट अहिलेसम्मकै उत्कृष्ट भएको बताइएको छ। जेमिनी ३ ले गत मे महिनामा गुगल आई/ओमा प्रस्तुत गरिएको जेमिनी २.५ लाई प्रतिस्थापन गर्नेछ।
जेमिनी ३ गुगल सर्चमा एआई मोडमा (गुगल एआई प्रो र एआई अल्ट्रा ग्राहकहरूको लागि) र जेमिनी एपमा अन्य सबैको लागि रोल आउट हुनेछ। यो “तपाईंको अनुरोध पछाडिको सन्दर्भ र उद्देश्य पत्ता लगाउन धेरै राम्रो छ, त्यसैले तपाईंले कम प्रम्प्टिङको साथ तपाईंलाई आवश्यक पर्ने कुरा प्राप्त गर्नुहुनेछ” भनि गुगलका सीईओ सुन्दर पिचाईले बताएका छन्।
जेमिनी ३ “मल्टिमोडल अण्डरस्ट्याण्डिङ (समझदारी)को लागि संसारको सबैभन्दा राम्रो मोडेल” भएको र यसले “रिचर भिजुअलाइजेसन र गहिरो अन्तरक्रियात्मकता” प्रदान गर्ने गुगलले बताएको छ।
जेमिनी ३ को रिलीज जेमिनी ३ प्रो, “इन प्रिभ्यू” बाट सुरु हुने उल्लेख गरिएको छ। त्यसपछि जेमिनी ३ डीप थिङ्क जारी गरिनेछ र यो हाल “सेफ्टि टेस्टर्स” द्वारा परीक्षण गरिँदैछ। एक पटक यो काम सकिसकेपछि, यो गुगल एआई अल्ट्रा ग्राहकहरूको लागि उपलब्ध हुनेछ।
जेमिनी ३ प्रोले हरेक प्रमुख एआई बेन्चमार्कमा जेमिनी २.५ प्रोले भन्दा “उल्लेखनीय रूपमा उत्कृष्ट प्रदर्शन गर्दछ”। यसले “हरेक अन्तरक्रियामा गहिराइ र सूक्ष्मताको नयाँ स्तर ल्याउँछ”, प्रतिक्रियाहरू “स्मार्ट, संक्षिप्त र प्रत्यक्ष, वास्तविक इनसाइट ( केहि चीजको सही र गहिरो बुझाइ प्राप्त गर्ने क्षमता) को लागि ट्रेडिङ्ग क्लिच र फ्ल्याटरी (चापलूसीपूर्ण) – तपाईंले के सुन्न चाहनुहुन्छ भनेर मात्र नभइ तपाईंलाई के सुन्न आवश्यक छ भनेर बताउँछ” भनि गुगलले उल्लेख गरेको छ। जेमिनी ३ डीप थिङ्कले बेन्चमार्कमा जेमिनी ३ प्रोले भन्दा उत्कृष्ट प्रदर्शन गरेपनि यसको प्रतिक्रियाहरू आउन धेरै समय लाग्नेछ।
यो सुरुदेखि नै “टेक्स्ट, ईमेज, भिडियो, अडियो र कोड सहित धेरै मोडालिटीहरूमा कुनै पनि विषयको बारेमा निर्बाध रूपमा जानकारी संश्लेषण गर्न” निर्माण गरिएको हुनाले जेमिनी ३ ले प्रयोगकर्तालाई हरेक कुरा सिक्न मद्दत गर्नका लागि राम्रो भएको दाबी गरिएको छ।
गुगलले जेमिनी ३ लाई अहिलेसम्मकै सबैभन्दा सुरक्षित मोडेलको रुपमा उल्लेख गरेका छ र यो “अहिलेसम्मको कुनै पनि गुगल एआई मोडेलको सबैभन्दा व्यापक सुरक्षा मूल्याङ्कन पार गरेको” बताइएको छ। यसले “रिड्यूस्ड साइकोफ्यान्सी (चातुर्यपनमा गरिएको किम), प्रम्प्ट इन्जेक्सनहरूको प्रतिरोध वृद्धि गरिएको र साइबर आक्रमणहरू मार्फत दुरुपयोग विरुद्ध सुधारिएको सुरक्षा” देखाउँदछ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ मंसिर २०८२, बुधबार